अस्पतालको भवनमा लडेर एक ब्यक्तिको मृत्यु

पाँचथरको कुम्मायक गाउँपालिका वडा न. १ यासोक कुखुरेभन्ज्याङ स्थित कुम्मायक आधारभूत अस्पतालको भवनमा लडेर एक ब्यक्तिको मृत्यु भएको छ ।

मत्यु हुनेमा नागार्जुन भगवती जेभी कम्पनीमा मजदुरको रुपमा कार्यरत इलाम माईनगरपालिका वडा न.१ का विहिबार राईका ३० वर्षिय छोरा सुमन राई रहेका छन् ।

गएराती साढे दश बजे तिर साथीहरु सित मापसे सेवन गरेको,एसएमएस गर्ने क्रममा राती सिढी चढ्न खोज्दा खुट्टा चिप्लीएर उनको मृत्यु भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी विनय शाहले बताउनुभयो ।

मृतक राईको आफन्त परिवारलाई जानकारी गराइएको र पोष्टमार्टमको लागि इलाम लैजानी तयारी भइरहेको घटनास्थलमा खटिएका प्रहरी निरीक्षक शाहले बताउनुभयो ।