नवलपरासीमा ढल निकासका लागि खाल्डो खन्दा पुरिएर दुईको मृत्यु , एक बेपत्ता
पूर्वी नवलपरासीको कावासोतीस्थित फलफूल चोकदेखि पुर्वपट्टि ढल निकास निर्माणका लागि खाल्डो खन्दा पुरिएर घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ भने अर्को एक जना बेपत्ता छन्।
गम्भीर घाइते भएर उपचारका लागि जिल्ला अस्पताल डण्डा पुर्याइएका मजदुरहरु तानमाया गाहा मगर र सोती रानाको मृत्यु भएको हो। खाल्डामा पुरिएकी अर्की मजदुर चमेली दर्लामी मगरको भने खोजी कार्य भइरहेको छ।
उनीहरु तीनै जना कावासोतीका हुन्। घटना बिहीबार साँझको हो। नगरपालिकाले महेन्द्र राजमार्गदेखि उत्तरतर्फ पानीको निकासका लागि ९ फिट गहिरो खाल्डो (नाला) खन्ने ३ जना महिला मजदुर पुरिएका हुन्। राजमार्ग किनारमै नाला खन्दा नगरपालिका र ठेकेदारले पर्याप्त सावधानी नअपनाएको भन्दै स्थानीयले विरोध गरेका छन्।
अध्ययन बिदा दुरुपयोग गर्ने ४४ प्राध्यापकले फिर्ता गरे ११ करोड रुपैयाँ
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल
क्यालिफोर्नियामा स्कुलमा गोलीबारी, ३ जनाको मृत्यु
परराष्ट्रमन्त्री शुक्रबार भारत जाँदै
विज्ञको सुझाव लिएर मात्रै विधि विज्ञान प्रयोगशाला विधेयकलाई अगाडि बढाउनुपर्छ:…
हुरीले झापामा २ करोडभन्दा बढीको केराखेती नष्ट, बीमा नगर्दा किसान मर्कामा
प्रतिक्रिया