दाङबाट काठमाडौं आउँदै गरेको बस रुपन्देहीमा दुर्घटना हुदा ४३ जना घाइते

दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस रुपन्देहीको सैनामैनास्थित सालझुण्डीमा दुर्घटनामा परेको छ । गएराति करिब ११ बजेर ५० मिनेट जादा रा १ ख २७८३ नम्बरको बस सैनामैना नगरपालिका-१० सालझुण्डीमा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार सालझुण्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो । दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका छन् ।

घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको थियो ।