दाङबाट काठमाडौं आउँदै गरेको बस रुपन्देहीमा दुर्घटना हुदा ४३ जना घाइते
दाङको तुलसीपुरबाट काठमाडौं आउँदै गरेको यात्रुबहाक बस रुपन्देहीको सैनामैनास्थित सालझुण्डीमा दुर्घटनामा परेको छ । गएराति करिब ११ बजेर ५० मिनेट जादा रा १ ख २७८३ नम्बरको बस सैनामैना नगरपालिका-१० सालझुण्डीमा दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहर प्रसाद भट्टका अनुसार सालझुण्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु १ ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किएको थियो । दुर्घटनाबाट बसका चालक र यात्रुसहित ४३ जना घाइते भएका छन् ।
घाइतेहरूलाई चौराहा हस्पिटल बुटवल, एडमनसिटि हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएको थियो ।
भक्तपुरमा मजदुर बोकेको ट्र्याक्टर दुर्घटना : २ को मृत्यु, ९ जना घाइते
स्कुलबसले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु
ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु
अफगानिस्तानमा ट्रक पल्टिँदा १८ जनाको मृत्यु
जिप दुर्घटनामा एक जनाको मृत्यु
टिप्परको ठक्करबाट १ जनाको मृत्यु
बसको ठक्करबाट स्कुटर चालकको मृत्यु
प्रतिक्रिया