वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

सत्ता र प्रतिपक्षको बालहठका कारण बन्दक बन्यो संसद, ओली र प्रचण्ड रविको सती जान लागेका हुन्?

सत्ता र प्रतिपक्षको बालहठका कारण संसद बन्दक बनेको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने कांग्रेसको माग र जसरी पनि पेलेरै जाने सत्तारुढ दलको अडानका कारण संसद बैठक नाम मात्रका लागि बस्न थालेको छ। संसद बैठक बस्छ, सांसदले हाजिर गर्छन्। तर, बैठकमा कुनै कामकारवाही हुँदैन।

मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सरकारको नीति तथा कार्यक्रम पढेर सुनाए। तर, टेबुल हुन पाएन। कतिसम्म भने सांसदहरुले राष्ट्रपतिलाई धन्यवाद पनि दिन पाएनन्। कांग्रेसबाट राष्ट्रपति बनेकाले पौडेलप्रति पार्टी लचिलो बनेको थियो। जसकारण उनले नीति तथा कार्यक्रम पढेर सुनाउने मौका पाएका हुन्। लगत्तै बस्ने अर्काे बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले टेबुल गर्नुपर्ने थियो। तर, कांग्रेसले सदन चल्न नदिने भनेपछि टेबुल नै भएन। सभामुख देवराज घिमिरेले संसदको अर्काे बैठक ३ जेठमा बोलाएका छन्।

https://barnanmedia.com/news/detail/175515/

देशैभरका न्यायलयमा एकसाताको सुनुवाई प्रभावित हुने

सर्वाेच्च अदालतले जेठ ४ देखि ७ गतेसम्मको लागि हुन गइरहेको नेपाल बार एशोसिएशनको १६ औं अखिल कानुन व्यवसायी राष्ट्रिय सम्मेलनका सन्दर्भमा देशैभरीका अदालतको सुनुवाई एकसाता स्थगन गर्न परिपत्र जारी गरेको छ । 

सर्वाेच्च अदालतले बैशाख ३१ गते जारी गरेको परिपत्रमा जेठ ३ देखि जेठ ७ गतेसम्मको लागि कानुन व्यवसायीको निवेदनका आधारमा सुनुवाई स्थगित गर्न परिपत्र जारी गरेको हो । 

कानुन व्यवसायीले राष्ट्रिय सम्मेलनमा भाग लिनुपर्ने कारण उल्लेख गरी निवेदन दिएमा सुनुवाई स्थगित गरेको विषयमा पटक कायम नहुनेगरी स्थगित गरिदिनका लागि समेत सर्वाेच्च अदालतले उच्च अदालत, जिल्ला अदालत र सम्पूर्ण इजलास तथा विशेष अदालतहरुमा परिपत्र जारी गरेको हो ।

https://barnanmedia.com/news/detail/175524/

तनहुँमा षड्यन्त्रपूर्वक हराइएका जोशीले पाए न्याय, पुनः मतगणना गर्न उच्च अदालतको आदेश

 स्थानीय तहको निर्वाचनमा तत्कालीन सत्तापक्षलाई जिताउन धेरैतिर गडबडी भएको पाइएको छ । त्यसमध्ये तनहुँको व्यास नगरपालिका एउटा उदाहरण हो । उच्च अदालत पोखराले तनहुँको व्यास नगरपालिकाको मतगणनामा गडबडी भेटिएपछि पुरानो नतिजा बदर गरी पुनः गणना गर्न आदेश दिएको छ । 

न्यायाधीशद्वय राजनप्रसाद भट्टराई र निर्मला भट्टराईको इजलासले यो आदेश दिएपछि गडबडी सतहमा आएको हो । निर्वाचन सम्पन्न भएर पनि निर्वाचित जनप्रतिनिधिले कार्यभार सम्हालेको २ वर्षपछि उच्च अदालतको यो आदेश आएको हो ।

https://barnanmedia.com/news/detail/175525/

सन्दीप लामिछाने प्रकरण - गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न आग्रह

 

 उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएपछि उनका वकिल सरोजकृष्ण घिमिरेले यो हार वा जितको कुरा नभएको स्पष्ट पारेका हुन् 

घिमिरेले भने, ‘यहाँ कसैको हार वा जित भएको होइन । त्यसैले उत्सव मनाउने बेला होइन । जाहेरवालाले आफूमाथि अन्याय भयो भनेर आउनुभयो, हामीले अन्याय भएको छैन भन्यौँ । हामीलाई आज न्याय भएको छ । जाहेरवालाप्रति हानी गर्ने कुरा नलेख्नुहोला ।’

घिमिरेले आफूहरूलाई अदालतप्रति सुरुवातदेखि नै विश्वास रहेको बताउँदै अदालतको फैसलालाई सम्मान गर्ने बताए । उनले भने, ‘सन्दीपले सहयोग गर्छु भनेर नै हाजिर हुन आएका थिए । आरोपपछि उनको कप्तानी सन्पेन्सन हुने अवस्था आयो । अब क्यानले सन्दीपलाई कप्तानी फिर्ता दिन्छ भन्ने आशा छ ।’

क्यानले सन्दीपलाई विश्वकप खेल्न पठाउने

 

 उच्च अदालत पाटनले बलात्कार मुद्धामा सन्दीपलाई सफाई दिएसँगै क्यानले विश्वकप खेल्न पठाउने भएको छ ।‘हामी भोली सम्ममा निर्णय गरेर सन्दीपलाई विश्वकप खेल्न पठाउँछौं । हामी १०० प्रतिशत सन्दीपलाई खेल्न पठाउँछौं । क्यानले आफ्नो खर्च गरेर भएपनि सन्दीपलाई पठाउछ ।’ क्यानका कोषाध्यक्ष पदम खड्काले भने ।

आईसीसीको नियम अनुसार विश्वकपमा २५ मे सम्म कुनैपनि टोलीले खेलाडी परिवर्तन गर्न सक्छन् । नेपाली टोली हाल वेष्टइण्डिजमा अभ्यासमा ब्यस्त छ । नेपालले सन्दीपलाई पठाउदा अन्तिम १५ बाट एक खेलाडी भने बाहिर गर्नुपर्छ । कुन खेलाडी बाहिर हुने कप्तान रोहित पौडेल र मुख्य प्रशिक्षक मोन्टी देशाईमा भरपर्ने खड्का बताउँछन् ।

नीति तथा कार्यक्रमलाई समर्थन गर्नेगरी बजेट आउँछ: अर्थमन्त्री पुन

अर्थमन्त्री वर्षमान पुनले मङ्गलबार सार्वजनिक भएको सरकारको नीति तथा कार्यक्रमअनुसार नै आगामी आर्थिक वर्षको बजेट आउने बताउनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/८२ को पूर्व बजेट अन्तक्र्रियामा अर्थमन्त्री पुनले सरकारको नीति तथा कार्यक्रमले उत्पादन वृद्धि गर्ने, रोजगारी सिर्जना गर्ने, आन्तरिक अर्थतन्त्र सुधार गर्नेलगायत विषयलाई प्राथमिकताका अघि बढाउने उल्लेख गरेको र सोहीअनुसार बजेट बिनियोजन हुने बताउनुभयो ।

“नीति तथा कार्यक्रममा उल्लेख भएका योजना तथा नीतिअनुसार नै बजेट आउँछ  र बजेटसँग मेल खानेगरी मौद्रिक नीति आउँछ । बजेटले समर्थन गर्न नसक्ने विषय नीति तथा कार्यक्रममा राखिएका छैनन्”, अर्थमन्त्री पुनले भन्नुभयो । आगामी आर्थिक वर्षको बजेट निर्माणका लागि विभिन्न क्षेत्रसँग सुझाव लिइएको र कार्यान्वयनयोग्य सुझाव सम्बोधन गरिने प्रतिबद्धता अर्थमन्त्री पुनले जनाउनुभयो ।

‘अयोध्यास्थित राममन्दिरमा नेपालको धनुष राख्न सकिन्छ’

भारतको अयोध्यास्थित श्रीराम जन्मभूमि तीर्थ क्षेत्र ट्रस्टका महासचिव चंपत रायले निर्माणाधीन राममन्दिरमा बन्ने ‘रामदरबार’मा नेपालको धनुष राख्न सकिने बताउनुभएको छ । 

नेपाल भ्रमणमा रहनुभएका राय र नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिसँगको भेटमा उहाँले धनुषयज्ञमा आधारित अयोध्या र जनकपुर तथा सीता र रामको सम्बन्धलाई जीवन्तता दिन मन्दिरमा सो प्रतीक राख्न आफूले पहल गर्नेसमेत बताउनुभयो । 
  

 सभापति देउवाद्वारा इतिहासविद् नेपालको निधनप्रति दुःख व्यक्त

 नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ । इतिहासविद् नेपालको यही जेठ १ गते मङ्गलबारका दिन निधन भएको थियो ।
 
नेपाली इतिहास अध्ययन र अनुसन्धानका क्षेत्रमा उहाँले पु¥याउनुभएको योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । साथै उहाँले शोक सन्तप्त परिवारजनमा पार्टी र आफ्नोतर्फबाट समवेदना प्रकट गर्नुभएको छ ।

बुढी बलात्कारको आरोप लागेका ओडलाई थप ५ दिन हिरासतमै राखिने

इलाका प्रहरी कार्यालय झलारीले वैवाहिक जबर्जस्ति करणी मुद्दामा पक्राउ परेका ओडमाथि दोस्रोपटक थप ५ दिनका लागि म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको हो। झलारी प्रहरी स्रोतका अनुसार हिजो (मंगलबार) जिल्ला अदालत कञ्चनपुरबाट ओडमाथि अनुसन्धान गर्न ५ दिन म्याद थप गरिएको हो। कञ्चनपुरको कृष्णपुर नगरपालिका स्थायी घर भएका ओड गत महिना इलाका प्रहरी कार्यालय झलारीमा आफैं उपस्थित भएका थिए।

रूखमा बाँधेर मानिस जलाइएको घटनामा अनुसन्धान गर्न खटियो सीआईबी

काभ्रेको पाँचखाल नगरपालिका–४, जिरो किलो नजिकको वनको एक रुखमा एकजना पुरुषको शव जलाइको अवस्थामा फेला पर्‍यो । २८ वैशाखमा घाँस दाउरा गर्न वन पुगेका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । स्थानीयको खबरपछि प्रहरीले शरीरको बाहिरी भाग पूर्णरूपमा जलेको शव फेला परेको हो । उनको घाँटी र खुट्टामा फलामको तारले रुखमा बाँधेको भेटिएको थियो ।

बालविवाहविरुद्धको अभियानमा सक्रिय हुँदै किशोरी

 रुपन्देहीकी एक किशोरीलाई १३ वर्षको हुँदा घरमा विवाहको कुरा आयो । आमाले राम्रो घरबाट प्रस्ताव आएको छ, अब बिहे गर्नुपर्छ भन्दा कक्षा आठमा पढ्दै गरेकी ति किशोरी छागाबाट खसेजस्तै भइन् । 

“विवाहबारे कल्पनासमेत गरेकी थिइनँ । भर्खर आठ कक्षा पढ्दै गरेकी मलाई त्यो कुरा सुन्दा कस्तो भयो होला! त्यसैमा आमाबाटै राम्रो केटा राम्रो छ भनेर पकाएको कुराले निकै पोल्यो”, ति किशोरी भन्नुभयो ।  

असहमति हुँदा पनि परिवारले आफूलाई हेर्न भनि केटालाई घरमै ल्याएपछि राम्रो भनिएको केटाले १० कक्षा पढ्दैगर्दा विद्यालय छोडेको र केही काम नगरिरहेको सुनाएपछि आफू थप मर्माहत भएको उनको भनाइ छ ।  “उनको कुरा सुनेपछि मेरो मन झनै भाडियो, कुनै पनि हातलमा बिहे नगर्ने सोचमा पुगेँ । मैले त अडान लिए तर घरपरिवारको दबाबमा कतिपयले यस्तो गर्न सक्दैनन् नि!”, उहाँको भनाइ थियो,“धेरै पढेलेखेका अभिभावकले पनि धेरै छोरी ठूली भएपछि विवाह गर्दा धेरै दाइजो दिनुपर्ने डरले पनि सानै उमेरमा विवाह गर्ने चलन रहेको छ ।”