खोलिदैंछ माओवादीका दिनमणि प्रधानन्यायाधीश छानिने बाटो

काठमाण्डौं, बैशाख २८ : महान्यायाधीवक्ता समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड निकटका वकिल दीनमणि पोखरेल माओवादीको तर्फबाट बन्ने पहिलो प्रधानन्यायाधीशको बाटो खोलिदैँ गएको चर्चा न्यायवृत्तमा चलिरहेको छ । 

बरिष्ठ अधिवक्ता बनीनसकेको दावी गर्दै उनलाई सर्वाेच्च अदालतको न्यायाधीशमा रोक्दैआएका सर्वाेच्च अदालतका दुई बरिष्ठ न्यायाधीशहरु इश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराईको अवकाशसंगै महान्यायाधीवक्ता पोरखेलको नियुक्तिको बाटो खुल्दै गएको शुत्रहरुको दावी छ ।

सर्वाेच्च अदालतको न्यायाधीश हुनेवित्तिकै उनी २०९२ सालमा प्रधान न्यायाधीश बन्ने लाइनमा छिर्नेछन् । नेपालमा प्रत्यक्ष प्रधानन्यायाधीशको नियुक्तिको व्यवस्था नभएकाले राजनीतिक दलहरुले सर्वोच्च अदालतको न्यायाधीशमा पहिले नियुक्ति गराएर प्रधान न्यायाधीशको लाइनमा राख्ने गरेका छन् ।

बरिष्ठ न्यायाधीशहरु खतिवडा र भट्टराइले रोकेपनि अझैपनि पोखरेलको नियुक्तिको बाटो समाप्त भइसकेको छैन । पुसमा भएको नियुक्तिमा खाली राखिएको सर्वाेच्चको एक पद उनैका लागि साचिराखिएको भन्नेहरु पनि कम छैनन ।

सत्तारुढ नेकपा एमाले र विपक्षी नेपाली कांग्रेसबाट पटकपटक प्रधानन्यायाधीश बनिसकेको र आगामी १२ बर्ष पछी को लागि भावी प्रधानन्यायाधीशको रोलक्रममा बसिसकेको सन्दर्भमा न्यायापालिका वृत्तमा अधिवक्ता पोखरेलको नियुक्ति पनि एउटा चर्चाको विषय बनेको छ । 

एमालेका भावी प्रधानन्यायाधीश टेक प्रसाद ढुंगानापछि सर्वाेच्च अदालतको भावी प्रधानन्यायाधीश को होलान् भन्ने खुल्दुली चलिरहेको छ । नेपाली कांग्रेस र एमालेबाट धेरैजना प्रधानन्यायाधीश बनीसकेका तर माओवादीबाट नियुक्ति हुन नसकेकाले पनि माओवादीको पहिलो प्रधानन्यायाधीश को बन्ला भन्ने चर्चा पनि उत्तिकै रहस्यमय बनीरहेको छ ।

माओवादीका वकिल रामनाथ मैनालीको ज्वाईं बाहेक उनको खासै योगदान नभएको, केही माओवादीका नेताहरुको खल्तिको वकिल बाहेक केही भूमिका नभएको भन्दै माओवादीकै एउटा बलियो गुटले रोक्न खोज्दाखोज्दै पनि अब भने रोकिन नसक्ने गरी बलियो भएको पनि शुत्रहरुको दावी छ ।

अहिलेसम्म सर्वाेच्च अदालतमा माओवादी कोटाबाट एउटा पनि न्यायाधीश बन्न सकेको अवस्था नहुंदा प्रधान न्यायाधीशको विषय त परैको विषय हो । माओवादी सत्तामा पुगेको पन्ध्रबर्षवितिसक्दा पनि एकजना न्यायाधीश पनि सर्वोच्च अदालतमा नियुक्ति गर्न नसक्नु विडम्बनाको विषय मान्नेहरु पनि कम्ति छैनन । 

नेपाली का“ग्रेस र एमाले र करिअर जजको पृष्ठभूमिबाट नियुक्ति भएका व्यक्तिहरु सर्वाेच्च अदालतको २०९२ सालसम्मको प्रधानन्यायाधीशको रोलक्रममा बसीसकेकाले त्यसपछिको प्रधानन्यायाधीश को होलान् भन्ने खुल्दुली चलिरहेको छ ।

वि.सं. २०२८ सालमा जन्मिएका एमाले निकटका टेक प्रसाद ढुंगाना २०९२ सालमा प्रधान न्यायाधीश हुने भएपछि त्यसपछिको प्रधान न्यायाधीशमा माओवादीका डा. दिनमणि पोखरेलले दावी गर्दै आएका छन् । न्यायाधीश नियुक्ति भएको खण्डमा जन्ममिति २०२९ साल भएका उनी २०९२ मा प्रधानन्यायाधीश बन्नेछन् । 

महान्यायाधीवक्ता समेत रहेका प्रधानमन्त्रीका निकट सहयोगी उनलाई गत पुसमा भएको नियुक्तिमा बरिष्ठ अधिवक्ता नभइसकेको आधार देखाएर न्यायपरिषद्का सदस्यहरु इश्वरप्रसाद खतिवडाले रोकेको विषय सार्वजनिक चर्चाको विषय बनिसकेको छ । 

खतिवडाले सार्वजनिक रुपमै बरिष्ठ नभएको कारणले पोखरेललाई नियुक्ति नदिइएको बताइसकेका छन् । प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठसंग राय बझाउन सक्ने खतिवडा र भट्टराइको अवकाशसंगै पोखरेल प्रधानन्यायाधीशको लाइनमा बस्नेगरी सर्वाेच्चमा नियुक्तिको चर्चा चलिरहेको छ ।

पहिला उनलाई बरिष्ठ अधिवक्ताको उपाधी प्रदान गर्ने र त्यसपछि न्यायाधीशको नियुक्ति दिलाउने भनिएपनि अझैपनि चर्चा गरिएझै बैशाख २६ मा दिने भनिएको बरिष्ठ अधिवक्ताको अब कहिले दिइने हो त्यसपछि मात्रै उनको नियुक्तिको बाटो खुल्ने पनि शुत्रहरुको दावी छ ।