कोशी प्रदेशका नवनियुक्त दुई मन्त्रीले लिए शपथ

कोशी प्रदेशका नवनियुक्त दुई जना मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार रामबहादुर राना र गणेश उप्रेतीले मन्त्री पदको शपथ लिएका हुन् । 

उनीहरूलाई प्रदेश प्रमुख परशुराम खापुङले शपथ गराएका छन् । यसअघि मुख्यमन्त्री हिक्मतबहादुर कार्कीले राना र उप्रेतीलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई मन्त्रालयको जिम्मेवारी भने तोकिएको छैन ।