बाँकीमा लागुऔषध कारोबारी समात्नका लागि प्रहरीले चलायाे गोली

काठमाडौं— बाँकीमा लागुऔषध कारोबारी समात्नका लागि प्रहरीले गोली चलाएको छ। 

बिहीबार बिहान लागुऔषध ब्युरोबाट खटिएको टोलीले लागुऔषध कारोबारीलाई  पिछा गरेको तर भाग्न खोजेपछि गोली चलाएको हो। 

सो क्रममा एक जना घाइते भएको र अर्को व्यक्तिलाई सकुशल रुपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले न्यूजगृहलाई जानकारी दिएको छ। 

प्रहरीले सुशील परियार र प्रमोद कार्कीलाई पक्राउ गरेको हाे।  पक्राउ परेका परियारको खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ। 

एक प्रहरी अधिकारीका अनुसार उनीहरुको साथबाट ११४ ग्राम ब्राउनसुगर समेत बरामद गरिएको छ। प्रहरीको गोलीबाट घाइते भएका परियारको उपचार भइरहेको छ।