जनकपुरमा शुभश्री बचत सहकारीको ६० लाख लुटपाट, हतियारधारी फरार

 काठमाडौँ, २४ वैशाख :धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ। सहकारीका कर्मचारीले बैंकबाट रकम निकालेर सहकारीतर्फ आउँदै गर्दा लुटपाट गरेको जानकारी गरेको धनुषा प्रहरीले जानकारी दिएको छ। 

धनुषाको जनकपुरमा शुभश्री बचत तथा ऋण सहकारी संस्थाको ८० लाख रुपैयाँ लुटपाट भएको छ। सहकारीका कर्मचारीले बैंकबाट रकम निकालेर सहकारीतर्फ आउँदै गर्दा लुटपाट गरेको जानकारी गरेको धनुषा प्रहरीले जानकारी दिएको छ। 

जनकपुरधाम उपमहानगरपालिका–१९ मा सोमबार हतियारधारी समूहले लुटपाट गरेको जानकारी आएको र अहिले अनुसन्धान गरिरहेको धनुषाका डीएसपी रञ्जन अवालेले बताए। 

सहकारीको ८० लाख रुपैयाँ लुटपाट भएको सूचना आएको छ।, अहिले हामी त्यसैमा लागिरहेका छौं, विस्तृत खुलिसकेको छैन, डीएसपी अवालेले भने।

महतोलाई मोटरसाइकलमा आएका दुई जनाले हतियार देखाएर लुटपाट गरेको प्रहरीलाई बताएका छन्।