काठमाडौँको गोंगबुस्थित एक होटलमा एक महिलाको शव फेला

 काठमाडौँ, २४ वैशाख : काठमाडौँको गोंगबुस्थित एक होटलमा एक महिलाको शव फेला परेको छ। मोरङको लेटाङ नगरपालिका–२ स्थायी घर भएकी ३१ वर्षीय कल्पना भण्डारीको गत शुक्रबार शव भेटिएको थियो।

जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार उक्त होटलमा युवतीको शव झुण्डिएको अवस्थामा फेला परेको थियो। 

लगत्तै, उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा लगिएको थियो। अनुसन्धानका क्रममा उनी एक युवकसँग होटलमा बसेकी थिइन्। 

ती युवकविरुछ  आत्महत्या दुरुत्साहनको कसूरमा युवतीका परिवारले जाहेरी दिएका छन्। त्यसपछि ती युवकलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाइएको अधिकारीले जानकारी दिए।