काठमाडौं शंखपार्कमा ३२ वर्षीय एक पुरुष मृत अवस्थामा फेला

 आज बिहान पार्कमा करिब ३५ वर्षका एक जना पुरुषको शव फेला परेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अमर थापाले जानकारी दिए ।

पुरुषको पहिचान हुन सकेको छैन । स्थानीयका अनुसार ती व्यक्तिले कवाडी सामान उठाउने काम गर्थे । अहिले प्रहरी घटनास्थल पुगेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।