पूर्णबहादुरको हत्यामा फरार पूर्व पूर्व सेना शंकर पक्राउ

हत्या गरी फरार भएका पूर्व सेना शंकर आलेलाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले ४७ वर्षीय आलेलाई नवलपरासीको देवचुली नगरपालिकाबाट आइतबार पक्राउ गरेको हो ।

तत्कालीन शाही नेपाली सेनाको श्री नम्बर ७ बाहिनी अड्डा मकवानपुरमा कार्यरत रहेका आलेसमेतका व्यक्तिहरूले व्यक्तिगत रिसिइबीका कारण मकवानपुरको साबिक मार्खु गाविस–४ बस्ने पूर्णबहादुर विष्टलाई कुटपिट गरेर मारेका थिए । विष्टको शव २०६१ साल कात्तिक ३० गते मार्खु र चित्लाङको दोसाँधमा फेला परेको थियो ।

२०७२ साल वैशाख २३ गते मकवानपुर जिल्ला अदालतले ओलेलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैद हुने ठहर गरेको थियो । हालसम्म फरार रहेका आलेलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि चितवन जिल्ला अदालतमा पेस गरिएको छ ।