पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते

 पाल्पामा जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन् ।

बुधबार दिउँसो नवलपुर जिल्लाको अरूणखोलाबाट पाल्पाको निस्दी गाउँपालिका वडा नं. ४ तर्फ आउँदै गरेको लु १ ज ३३२४ नम्बरको जीप साँझ पौने ६ बजेतिर दुर्घटना भएको हो ।

निस्दीको मतियार डाँडामा भएको दुर्घटनामा चालकसहित १४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी निरीक्षक सन्तोष चन्दले जानकारी दिए ।

उनका अनुसार घाइते सबैको उद्दार गरी उपचारका लागि नवलपुरतर्फ पठाइएको छ ।

दुर्घटनाको कारण नखुलेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।