वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

विशेष बाल अदालतको आवश्यकता छ: मन्त्री चौधरी

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले विशेष बाल अदालत आवश्यक रहेको बताउनुभएको छ । 

केन्द्रीय बाल न्याय समितिले युनिसेफ नेपालसँगको सहकार्यमा आज आयोजना गरेको ‘बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठी’ कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

सुर्खेत मालपोत कार्यालयमा आगलागी

सुर्खेतको मालपोत कार्यालयमा आगलागी भएको छ ।  वीरेन्द्रनगर–७, स्थित मालपोत कार्यालयको जिन्सी कोठा (स्टोर रुम) मा आगलागी भएको हो ।

आगलागीबाट जिन्सी शाखामा रहेका काठ र स्टीलको २५ कुर्सी, दुई वटा स्टीलको दराज, एउटा जेनरेटर, पुरानो मोटरसाइकल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो ।  एक्कासी आगो लागेपछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र वीरेन्द्रनगर नगरपालिकाको दमकलले आगो नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

आजदेखि काठमाडौंका यी स्थानमा ६ घण्टा विद्युत् आपूर्ति बन्द हुने

काठमाडौंका विभिन्न स्थानमा आजबाट  विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्य हुने भएकाले विद्युत् अवरुद्ध हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । शनिबार सूचना जारी गर्दे प्राधिकरणले कुशेश्वर वितरण केन्द्र, कीर्तिपुर वितरण केन्द्र र जोरपाटी वितरण केन्द्रहरू अन्तर्गतका लाइनहरूमा विद्युत् अवरुद्ध हुने जनाएको हो। 

यी क्षेत्रहरूमा वैशाख २३ गते देखि २८ गतेसम्म बिहान ११ बजे देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने छ।

https://barnanmedia.com/news/detail/174545/

बन्ने नै भयो सहकारी प्रकरणमा संसदीय समिति, के गर्लान् रवि लामिछाने ?

गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा जोडिएको भन्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय छानबिन समितिको माग चर्काएको चर्कायै छ । संसदको हिँउदे अधिवेशनमा रवि लामिछानेलाई नै निशाना बनाएर कांग्रेसले स‌ंसदलाई सहज ढङ्गले चल्नै दिएन । कांग्रेसको अवरोध र तनावकै बीच सरकारले अधिवेशन नै अन्त्य गरिदियो । 

अहिले संसदको बजेट अधिवेशन आह्वान त भयो तर बजेट र नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कसरी ? कांग्रेसले अवरोध जारी राखेमा उसका माग कसरी सम्बोधन गर्ने ? अहिले प्रचण्ड यही प्रश्नले घेरिएका छन् । बजेट अधिवेशनको तनाव र आफ्नो पदको सुरक्षा चिन्ताले ग्रस्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अन्ततः रवि लामिछानेको माया मारेर भए पनि कांग्रेसका माग पूरा गर्ने निधोमा पुगेका छन् ।

https://barnanmedia.com/news/detail/174546/  

थ्रीस्टार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण बस्दै,हकप्रद सेयर निष्कासनबारे निर्णय लिइने

थ्रीस्टार हाइड्रोपावर कम्पनीको वार्षिक साधारण (आइतबार) बस्दैछ । सभा भक्तपुरमा बिहना ११ बजेदेखि सुरु हुनेछ । साधारण सभामा हकप्रद सेयर निष्कासन प्रस्ताव पेश हुनेछ भाे यस वर्ष  कुनै प्रस्ताव पेश गरिएकाे छैन।

सभाले सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना सञ्चालक निर्वाचन गर्नेछ ।आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । साथै सभामा आर्थिक वर्ष २०७९–८० को कम्पनिकाे नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

भारतीय प्रधानन्यायाधीश चन्द्रचूडले नेपालको औपचारिक भ्रमण गर्ने तालिका

 शुक्रबार साँझ काठमाडौँ आइपुगेका उनी पूर्वनिर्धारित कार्यक्रमअनुसार (आइतबार) मुस्ताङस्थित मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने तालिका छ।  तर शुक्रबार रातिदेखि पोखराको मौसम खराब देखिएकाले आज पनि मौसमको अवस्था हेरेर मात्र  प्रधानन्यायाधीश चन्द्रचूड त्यसतर्फ जाने  वा नजाने तय हुने सर्वोच्च अदालतका प्रवक्ता वेदप्रसाद उप्रेतीले बताए। 

‘हिजो राति पोखराको मौसम खराब छ भन्ने सुनिएको छ’, उनले भने, ‘प्रधानन्यायाधीशज्यू जाने वा नजाने अहिलेसम्म कुनै सूचना आएको छैन, आज मौसम कस्तो हुन्छ, त्यो विचार गरेर निर्णय होला।’

हुम्लाका युवालाई आधारभूत कम्प्युटर तालिम

‘उद्यम गरौँ स्वरोजगार बनौँ, सीप सिकौँ रोजगार बनौँ’ नाराका साथ सञ्चालन भएको ४५ दिने आधारभूत कम्प्युटर तालिम सम्पन्न भएको छ । लक्ष्मी मल्टिमिडियाको आयोजना र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयको आर्थिक सहयोगमा बेरोजगार युवायुवतीका लागि कम्प्युटर तालिम आयोजना गरिएको हो । सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिकाका २४ युवती र दुई युवा गरेर २६ जनालाई कम्प्युटर तालिममा प्रदान गरिएको प्रशिक्षक रेशमराज रोकायाले बताउनुभयो । 

तालिम समापन कार्यक्रम उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका प्रमुख प्रदीपकुमार रेग्मीको अध्यक्षता र सिमकोट गाउँपालिका–६ का वडाध्यक्ष रावतको प्रमुख आतिथ्यमा भएको थियो । त्यस अवसरमा  हुम्ला कारागारका प्रमुख जीवन रुपाखेती र उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका लेखापाल केशव न्यौपानेलगायत विभिन्न सरकारी कार्यालयका कर्मचारीले प्रशिक्षार्थीलाई सिकेको सीपको उपयोग गर्न सुझाव दिनुभएको थियो । 

नेपाल-भारत सीमा नाका तीन दिन बन्द, निर्वाचनको प्रभाव: लोकसभा निर्वाचनको तयारीमा मधुवनी जिल्लामा तनाव

छिमेकी देश भारतको बिहार राज्यको मधुवनी जिल्लामा यही वैशाख २५ गते हुन लागेको लोकसभा निर्वाचनलाई लक्षित गरे नेपाल भारत सीमा नाका आजदेखि तीन दिन बन्द भएको छ।

जिल्ला प्रशासन कार्यालय सिराहा र धनुषााले सार्वजनिक सूचना जारी गर्दै  आजदेखि तीन दिनसम्म सीमा नाका बन्द रहने जानरकारी दिएका हुन्।  आगामी २५ गते (मंगलबार) हुने पहिलो चरणको निर्वाचनको लागि शनिबार मध्यरातदेखि २५ वैशाखको मध्यरातसम्म नेपाल–भारत सीमानाका बन्द गरिएको हो। 

नेपालको सय रूपैयाँको नोटमा चुच्चे नक्सा छाप्ने निर्णयलाई भारतको विरोध, नेपाल सरकारको एकतर्फी निर्णय

 भारतीय विदेशमन्त्री एस जयशंकरले शनिबार भूवनेश्वरमा पत्रकारहरूसँको कुराकानीमा सीमा समस्या समाधानका लागि नेपाल भारतबीच निरन्तर छलफल भइरहेको अवस्थामा नेपाल सरकारले एकतर्फी रूपमा निर्णय गरेको बताएका छन् ।

जयशंकरले नेपालको उक्त कदमले अहिलेको परिस्थिति र जमिनको वास्तविकता नबदलिने प्रतिक्रिया समेत दिएका छन् । जयशंकरको भनाई उद्धृत गर्दै द इन्डियन एक्सप्रेसले लेखेको छ, ‘हामी स्पष्ट छौं । नेपालसँगको सीमा समस्या समाधानका लागि छलफल भइरहेको छ । दुई देशबीचको सीमा समस्या समाधानबारे छलफल चलिरहँदा बीचमा उनीहरूले एकतर्फी निर्णय गरे । तर, उनीहरूको तर्फबाट गरिने कामले हामीबीचको धरातलको यथार्थ र हामीबीचको अवस्थालाई परिवर्तन गर्दैन ।’

सगरमाथा आरोहणमा बाटो भत्किएपछि आरोहण ठप्प, बाटो निर्माणमा समस्या

सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहणको मुख्य मार्ग खुम्बु आइसफल क्षेत्रमा बाटो भत्किएपछि आरोहण ठप्प भएको हो ।

पहिलो क्याम्प नजिकैको ५९०० मिटर उचाइमा शनिवार राती करिब एक सय मिटर भन्दा लामो दुरीमा बाटो भत्किएपछि आरोहण कार्य रोकिएको छ । आरोहण तालिकामा समस्या आउने देखिएसँगै तत्काल बाटो बनाउन सगरमाथा प्रदूषण नियन्त्रण समितिलाई अनुरोध गरी सकिएको सम्पर्क अधिकृत दावा फुटी शेर्पाले जानकारी दिए । आधार शिविर देखि क्याम्प दुई सम्मको बाटो निर्माणको जिम्मा समितिले लिँदै आएको छ ।

क्रिकेटर सन्दीप लामिछाने सम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ, उच्च अदालतमा न्यायाधीशको इजलासमा पेसी तोकिए

उच्च अदालत पाटनमा आजका लागि पेसी तोकिए पनि क्रिकेटर सन्दीप लामिछानेसम्बन्धी मुद्दाको सुनुवाइ नहुने भएको छ। उच्च अदालतका मुख्य न्यायाधीश नृपध्वज निरौला र दुर्गाप्रसाद ढुंगेलको इजलासमा पहिलो नम्बरमै पेसी तोकिए पनि मुख्य न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ नहुने भएको हो। 

यसअघि मुख्यन्यायाधीश नृपध्वज निरौलाको इजलासले नै झगडिया झिकाउने आदेश दिएकाले आज हेर्न नमिल्ने भन्दै सुनुवाइ नगर्ने भएका हुन्।

गृहमन्त्री लामिछानेले गरे जिवी राईलाई झिकाउन सहयोग गरिदिन आग्रह मलेसियाका गृहमन्त्रीसँग आग्रह

 उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्री सैफुद्दिन नसुतन इस्माइलसँग सहकारी ठगी प्रकरणका मुख्य आरोपी जिवी राईलाई नेपाल झिकाउन सहयोग गरिदिन आग्रह गरेका छन्।

लामिछानेको सचिवालयका अनुसार उनले टेलिफोन सम्पर्क गरी राईलाई झिकाइदिन सहयोगका लागि आग्रह गरेका हुन्।

नेप्से परिसूचक ओरालो यात्रामा

 धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४ दशमलव ५८ अङ्कले ओरालो लागेर एक हजार नौ सय ७४ दशमलव ३७ मा सीमित भएको छ । कूल ९७ लाख ६२ हजार आठ सय तीन कित्ता शेयर रु तीन अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ मूल्यमा कारोबार भयो । 

सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ, बिचौलियाको सेटिङमा २० अर्ब राजस्व चुहावट

 काभ्रेको पनौतीमा स्थापना भएको करोडौं मूल्य बराबरको सुरक्षण मुद्रण केन्द्र (सेक्युरिटी प्रिन्टिङ मेसिन) थन्किँदा अन्तःशुल्क स्टिकर छपाइमा बिचौलियाको बोलवालासँगै विदेशी कम्पनीको भर पर्नुपरेको छ । विदेशी कम्पनीलाई छपाइको काम दिँदा करोडौँ रुपैयाँ बाहिरिएको छ । नेपालको अन्तःशुल्कको कामको ठेक्का भारतीय कम्पनी मद्रास सेक्युरिटी प्रिन्टर्सले गर्दै आइरहेको छ ।

मन्त्रालय स्रोतका अनुसार सो कम्पनीले अन्तःशुल्क, स्मार्ट लाइसेन्सलगायतको काम पाउँदा बेलाबेलामा बार्गेनिङ(सौदाबाजी) गर्ने र छपाइको काममा ढिलाइ गर्दै आइरहेको छ । २०७६ सालमा आन्तरिक राजस्व विभागले करिब ८ अर्ब थान अन्तःशुल्क स्टिकर खरिद प्रक्रिया सुरु गरेदेखि नै अन्तःशुल्कको विषय विवादमा परेको थियो । त्यति बेला विभागले प्रतिस्टिकर न्यूनतम ३२ सेन्ट अमेरिकी डलर (करिब ३२–३३) नेपाली रुपैयाँ पर्ने गरी स्टिकर खरिदको प्रक्रिया अघि बढाएको थियो । तर, व्यवसायीले भारतको सेक्युरिटी प्रिन्टिङ प्रेससँगै साँठगाँठ गरेर नक्कली स्टिकर खरिद गरेको भेटेपछि कडाइ गरेको थियो ।

https://barnanmedia.com/news/detail/174604/

जसपा ताेड्न  ७ सांसदसहित निर्वाचन आयो पुगे अशोक राई

संघीय परिषद् सदस्य अशोक राई आफुसहित आइतबार दिउँसो  ७ जना सांसदलाई लिएर निर्वाचन आयोग लगि हस्ताक्षरसहित आधिकारिकता पेस गरेका छन्। उनले जनता समाजवादी पार्टी(जसपा) ताेड्ने उद्देश्यले उनिहरूलाइ लगेकाे जसपा सांसद सुशिला श्रेष्ठले जानकारी दिइन्। 

निर्वाचन आयोगले पनि यसबारे औपचारिक जानकारी गराएको छ। यदी निर्वाचन आयोगले आधिकारिकता दिए जसपा औपचारिक रुपमा विभाजन हुनेछ। 

https://barnanmedia.com/news/detail/174616/