जसपा ताेड्न  ७ सांसदसहित निर्वाचन आयोग पुगे अशोक राई

७ जनाले नै हस्ताक्षरसहित आधिकारिकता पेस गरे

संघीय परिषद् सदस्य अशोक राई आफुसहित आइतबार दिउँसो  ७ जना सांसदलाई लिएर निर्वाचन आयोग लगि हस्ताक्षरसहित आधिकारिकता पेस गरेका छन्। उनले जनता समाजवादी पार्टी(जसपा) ताेड्ने उद्देश्यले उनिहरूलाइ लगेकाे जसपा सांसद सुशिला श्रेष्ठले जानकारी दिइन्। 

निर्वाचन आयोगले पनि यसबारे औपचारिक जानकारी गराएको छ। यदी निर्वाचन आयोगले आधिकारिकता दिए जसपा औपचारिक रुपमा विभाजन हुनेछ। 

तर, जसपा केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ भने अशोक राईले दल विभाजन गर्न नसक्ने जानकारि गराउनु भएकाे छ। उनले  संविधान र कानुनले पार्टी विभाजन हुने ठाउँ नदिएको भन्दै यदि त्यो कदम अघि बढाइएको भए परिवक्व नहुने  बताएका छन्।

यी हुन् निर्वाचन आयोग पुगेर  हस्ताक्षर गर्ने ७ सांसदहरू:

१) अशोककुमार राई
२) सुशीला श्रेष्ठ
३) रञ्जु ठाकुर
४) रञ्जु ठाकुर
५) हसिना खान
६) प्रदीप यादव
७) नवलकिशोर साह