सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ

पोखरा महानागरपलिकाकी सबइन्जिनियरसहित दुई जना जनासेवाग्रहीसँग घुस लिँदालिँदै रंगेहात पक्राउ परेका छन् ।

पोखरा महानगरपालिकाको नक्सा शाखामा कार्यरत सबइन्जिनियर उषा किरण रोकाया र गोदार कन्सल्टेन्सीमा कार्यरत सुरज कुँवरलाई सेवाग्रहीसँग घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको गण्डकी प्रदेश कार्यालय पोखराबाट खटिएको टोलीले घुस रकमसहित पक्राउ गरेको हो । उनीहरुको साथबाट डेढ लाख रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ ।

घर सम्पन्न प्रमाणपत्र दिनका लागि डेढ लाख रुपैयाँ घुस मागेको भन्ने सुराकीको आधारमा आख्तियारको टोलीले कुँवरलाई पोखराको महेन्द्रपुल नजिकबाट र सब-इन्जिनियर रोकायालाई पोखराको मालेपाटनबाट नियन्त्रणमा लिएको हो ।

पक्राउ परेकाहरुलाई प्रक्रिया पूरा गरी कारबाही गरिने अख्तियारले जनाएको छ । एकजना महानगरपालिकाकै कर्मचारी अर्का बाहिरको व्यक्ति हुन् ।