ठूला मिडियाविरुद्ध मुद्दा हाल्दा रविको राजनीतिलाई ठूलो धक्का दिने चेतावनी दिइयो : निकिता

पप्रधान एवं गृहमन्त्री रवि लामिछानेकी पत्नी निकिता पौडेलले मिडिया सञ्चालकबाटै रविको राजनीतिमा धक्का पुर्‍याउने डर देखाइएको बताएकी छन् ।

विभिन्न सञ्चारमाध्यमविरुद्ध काठमाडौं जिल्ला अदालतमा र प्रेस काउन्सिलमा मुद्दा दायर गरेकी निकिताले ठूला मिडियाविरुद्ध मुद्दा हाल्दा आफ्ना श्रीमानको राजनीतिमा ठूलो धक्का पुग्ने चेतावनी दिँदादिँदै पनि आफू अघि बढेको बताएकी हुन् ।

चैत २१ गते काठमाडौं महानगरपालिकाले छापा मारेको साई स्वागत सहकारीमा पौडेल आबद्ध रहेको दाबीसहितका समाचार प्रकाशित भएका थिए । तर, पौडेलले आफूले सबै ऋण तिरिसकेको अवस्थामा आफूविरुद्ध मिडियाबाट ‘हिलो छ्याप्ने’ काम भएको बताएकी छन् ।

उनले आफू न्याय मागेर छाड्ने पनि बताएकी छन् । ‘म भन्न चाहन्छु, सर्वस्व सकिए पनि म न्याय मागेरै छोड्छु । मलाई मेरो देशको न्यायालय र न्यायमुर्तीप्रति भगवान् जत्तिकै विश्वास छ,’ उनले शुक्रबार साँझ फेसबुकबाट भनेकी छन् ।

आफूले आजीवन दु:ख गरेर कमाएको प्रतिष्ठामा आफ्नो प्रतिक्रियासमेत नलिएर ठाडै चरित्र हत्या गरिएको उनको गुनासो छ । ‘एउटी नारीमाथि सबैले मिलेर देखाएको यो ‘पुरुषार्थलाई’ मेरो चुनौती छ । न्याय मलाई मात्र चाहिएको छैन, जसले जसलाई जे पनि बोल्ने लेख्ने तर सजाय पटक्कै नहुने कुराले आक्रन्त यो सिंगो समाजलाई नै न्याय चाहिएको छ । तिमीहरू आफ्नो पुरुषार्थ देखाउँदै गर्नू, म अदालततिर लागेँ,’ उनले भनेकी छन् ।

मुद्दा दिइसकेपछि पौडेलले लामो वक्तव्य पनि जारी गरेकी छन्। जुन यस्तो छ