देशकाे व्यापार घाटामा कमि, पग्याे ९ खर्ब २९ अर्ब

चालू आर्थिक वर्ष २०८०–८१ को आठ महीना अर्थात फागुनसम्ममा मुलुकको व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ नाघेको छ  आर्थिक वर्ष ८०–८१ को आठ महिनाको अवधिमा रु १० खर्ब ३० अर्ब २२ करोड बराबरको वस्तु आयात भएको छ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरण अनुसार कूल आयातमा दुई दशमलव सात प्रतिशतले कमी आएको छ। माघ महिनासम्म ८ खर्ब ११ अर्ब ११ करोड व्यापार घाटा व्यहोरेकोमा पछिल्लो महीना मात्रै व्यापार घाटा १ खर्ब १८ अर्ब ४९ करोडले बढेको हो । जुन अघिल्लो वर्ष यही अवधिसम्मको तुलनामा २.५२ प्रतिशतले कम हो। अघिल्लो वर्ष यही अवधिसम्म मुलुकको व्यापार घाटा ९ खर्ब ५३ अर्ब रुपैयाँ थियो।

स्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलुकबाट भएको आयात क्रमशः दुई दशमलव आठ  प्रतिशत र २२ दशमलव नौ प्रतिशतले घटेको छ। यस्तै चीनबाट भएको आयात ३३ दशमलव सात प्रतिशतले बढेको छ।

त्यस्तै, नेपालले कुल ११ खर्ब ३० अर्ब ८४ कराड १ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । जुन गत आर्थिक वर्षको भन्दा २.७८ प्रतिशतले कम हो । कुल वैदेशिक व्यापार घाटा ९ खर्ब २९ अर्ब ६० करोड ५२ लाख रुपैयाँ छ ।