वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

संघीयताविरुद्ध आगो ओकल्ने रविले इलाम २ मा मिलन लिम्बुलाई उम्मेदवार बनाएर खेले कुटिल चाल

संघीयताविरुद्ध आगो ओकल्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री छन् । उनको सोच कति मानसकिता छ भनेर हेर्न उनका पछिल्ला निर्देशन हेरे काफी हुन्छ । संघीयतामा उनले प्रमुख जिल्ला अधिकारीमार्फत् शासन चलाउन खोजेका छन् ।

बहुलवादी लोकतान्त्रिक’ पार्टी बताउने रास्वपा संघीय प्रणालीप्रति असन्तुष्ट छ । गत मंसिरमा महोत्तरीमा सम्पन्न तीनदिने केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले भनेको छ, ‘अहिलेको प्रदेश संरचनाले हामीलाई कहीँ लैजाँदैन ।त्यसमाथि यो भ्रष्टाचारको केन्द्र र कार्यकर्ता भर्ती केन्द्र बनेको छ । यसको विकल्प सोच्न एकछिन पनि ढिला गर्नुहुन्न। यो सभापति रवि लामिछानेले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा उल्लेख छ ।

https://barnanmedia.com/news/detail/171392/

एसइई परीक्षा :सुदूरपश्चिममा एक हजार२१ परीक्षार्थी अनुपस्थित

 आजदेखि सञ्चालनमा आएको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षामा सुदूरपश्चिम प्रदेशमा एक हजार २१ परीक्षार्थी अनुपस्थित रहेका छन् । नियमित तर्फ रहेका ५० हजार छ सय २६ परीक्षार्थीमध्ये आठ सय ३७,प्राविधिक धार तर्फका एक हजार ३१ परीक्षार्थीमध्ये छ जना र ग्रेडवृद्धि तर्फका एक हजार तीन सय १७ मध्ये एकसय ७८ परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास निर्देशनालय दीपायलले जनाएको छ ।
  
प्रदेशभरिका सबै परीक्षा केन्द्रमा एसइई परीक्षा मर्यादित रुपमा सम्पन्न भएको निर्देशनालयका निर्देशक दुर्गादत्त विष्टले जानकारी दिनुभयो ।आज पहिलो दिनको अङ्ग्रेजी ग्रेडवृद्धि तर्फको प्रश्नपत्रमा समान्य त्रुटी भेटिएको थियो । “एउटा प्रश्नमा सामान्य त्रुटी भेटिएको थियो, त्यसलाई सच्याएर परीक्षा मर्यादित रुपमा सम्पन्न गर्न लगायौँ,” विष्टले भन्नुभयो, “डाइरेक्ट स्पीच र इन्डाइरेक्ट स्पीच’बारे सोधिएको नौ नम्बरको प्रश्नमा भेटिएको सामान्य त्रुटीलाई सच्याउनु परेको थियो ।”

राम्रा न्यायाधीश अवकाशले न्याय ओझेलमा

सर्वाेच्च अदालतमा दुईचार महिना मुद्दा फच्र्छौटको संख्यामा उल्लेख्य उपलब्धी हु“दा चा“डो न्यायको आशा गर्नेहरु फेरी पनि अत्तालिन थालेका छन् ।

प्रधानन्यायाधीश सहित २१ जनाको दरबन्दी रहेको सर्वाेच्च अदालतमा फेरी १८ जना कार्यरत न्यायाधीश हु“दा समेत सम्पूर्ण इजलासहरु लाग्न नसक्ने अवस्था उत्पन्न भएको, धेरैजसो मुद्दाहरु हेर्न नभ्याउनेमा पर्ने गरेको, फैसलाको पूर्णपाठहरु समयमा आउन नसकेको जस्ता कारणलहरुले चा“डो न्याय प्राप्तीमा समस्या देखा परिरहेको छ । दुई अब्बल न्यायाधीशहरु अनिल कुमार सिन्हा र इश्वरप्रसाद खतिवडाले अवकाश पाइसकेका छन् । दुईपद खाली हुंदा एउटा सिंगै इजलासका काम रोकिन पुगेका छन् ।

https://barnanmedia.com/news/detail/171396/

जाँदाजाँदै शरतसिंहको बदमासीः युद्धग्रस्त रुसमा श्रम इजाजत खोलेको खुलासा

प्रचण्ड नेतृत्वकै पूर्ववर्ती गठबन्धन सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बाट मन्त्री बनेका शरतसिंह भण्डारीले सरकारबाट बिदा हुनु २ दिनअघि रुसको श्रम स्वीकृति खुला गरिदिएको पाइएको छ । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री छँदा उनले फागुन १६ गते श्रम स्वीकृति खुला गरेका थिए । त्यसको दुई दिनपछि भण्डारी मन्त्रीबाट हटेका थिए ।तर त्यति ठूलो घातक निर्णय गर्दा पनि प्रधानमन्त्री प्रचण्डले हस्तक्षेप वा पुनरवलोकन नगरी मौनता साँधेको पाइएको छ । 

https://barnanmedia.com/news/detail/171397/

नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्षद्वय दिगम्बर झा र पुरुषोत्तमप्रसाद खनालसहित १९ जना र दुईवटा कम्पनीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। 

अख्तियारले उनीहरूविरुद्ध एक अर्ब बढी रुपैयाँ बिगो मागदाबी गर्दै विशेष अदालतमा बिहीबार भ्रष्टाचार मुद्दा दर्ता गरेको हो। उनीहरूले प्राधिकरणले खरिद गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) परामर्श सेवा खरिद कार्यमा अनियमितता गरी राज्यलाई हानिनोक्सानी पु¥याएको अख्तियारको दाबी छ।

निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम

 काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख छ।

https://barnanmedia.com/news/detail/171404/

सिराहामा एसईई: नेपाली विषयको प्रश्न पत्र बाहिरियाे

सिराहामा एसईईको नेपाली विषयको प्रश्न पत्र बाहिरिएको छ । शुक्रबार बिहान परीक्षा सुरु भएको १० मिनेट पछि नै नेपाली विषयको प्रश्न पत्र बाहिर भेटिएको हो ।

चिट बनाउन सक्रिय रहेको टोलीलाई परीक्षा हलबाट एक थान प्रश्न पत्र केन्द्राध्यक्ष र गार्डहरू कै सहयोगमा बाहिर निकालिएको थियो । त्यहाँबाट तस्बिर खिचेर ह्वाटसअपमा छ्यापछ्याप्ती बनाइएको छ । परीक्षा हल वरिपरि फोटोकपी मेसिनसहित चिट बनाउने टोलीहरू सक्रिय देखिएका छन् ।

१ लाख ३० हजार  पुग्यो सुनको भाउ

नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउले नयाँ इतिहास रचेको छ । बिहिबार प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज २ हजार १ सय रुपैयाँले बढेको हो ।
आज छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो । तेजाबी सुन तोलामा १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

क्रिप्टो संस्थापक ब्याङ्म्यान–फ्राइडलाई २५ वर्ष जेल सजाय

क्रिप्टो कारोबारका क्रममा ठूलो अनियमितता र ठगी गरेको आरोप लागेका साम ब्याङ्कम्यान–फ्राइडलाई अमेरिकी अदालतले २५ वर्षको जेल सजाय सुनाएको छ ।

अमेरिकी जिल्ला न्यायाधीश लेविस कप्लानले फ्राइडले आफूमाथि लागेका आरोपप्रति कुनै पश्चाताप नमानेको बताउनु भएको छ । छोटो अवधिमै अर्बपतिको सूचीमा परेका फ्राइडले जानाजान वित्तीय कानुनहरु आफूले उल्लङ्घन नगरेको दाबी गर्दै आएका थिए ।  फ्राइडले अदालतसामु आफूले गल्ती भएको स्वीकार गरेपनि वित्तीय अपराध गरेकामा कुनै पश्चाताप गरेका थिएनन् । 

https://barnanmedia.com/news/detail/171430/

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा

नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ।

शुक्रबार सर्वोच्च अदालतले सांसद गुरुङको निलम्बन फुकुवा गर्न आदेश दिएको छ।

अब विशेष अदालतका मुद्दाहरू अनलाइनबाट सुनुवाइ

बिहीबार परीक्षणको रुपमा सुरु अदालतले अनलाइन प्रणालीमार्फत मुद्दाको सुनुवाइ गरेको थियो । नियमित सुनुवाइ भने आइतबारदेखि अगाडि बढ्नेछ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको उपस्थितिमा बिहीबार विशेष अदालतको १ नम्बर इजलासमा अनलाइन बहस सुरु गरिएको थियो । सोही दिन सुरेन्द्रबहादुर सिंह विरुद्धको सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा अधिवक्ता अपूर्व खतिवडाले अनलाइनबाटै बहस गरेका थिए भने त्यही मुद्दामा सरकारी वकिलको तर्फबाट उपन्यायाधिवक्ता गोपाल लामिछानेले विशेष सरकारी वकिलको कार्यालयबाट अनलाइन बहस गरेका हुन् ।

अब देखि विशेष अदालतमा सुनुवाइ हुने मुद्दाका कानुन व्यवसायी तथा पक्षहरुले बहस पैरवीका लागि अदालतको इजलासमा पुग्नुपर्ने बाध्यता टरेको छ । कानुन व्यवसायीले आफ्नै घर, कार्यालय वा ल फर्मबाटै बहस गर्न सक्छन् ।

https://barnanmedia.com/news/detail/171437/

तलब तिर्न विद्यार्थीबाट ११ लाख उठाएर हिनामिना, दुई जनाविरुद्ध अख्तियारले चलायो मुद्दा

 निजी स्रोतबाट अध्यापन गराइरहेका शिक्षकलाई तलब खुवाउन विद्यार्थीहरूबाट चर्को शुल्क असुलेको आरोपमा दुई जनाविरुद्ध शुक्रबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दाङको वेलामा सञ्चालित श्री जनज्योति माध्यमिक विद्यालयका तत्कालीन लेखापाल चुडामणि पोखरेल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगदीश चौधरीविरुद्ध मुद्दा दायर गरेको हो । उनीहरूले विद्यार्थीबाट उठाएको ११ लाख १२ हजार दुई सय ७६ रुपैयाँ ७० पैसा अनियमितता गरेको आरोप छ । 

https://barnanmedia.com/news/detail/171448/