पाँचथरमा जीप दुर्घटनामा परि १४ जना घाइते
मेची राजमार्गको फिदिम-ताप्लेजुङ सडक खण्ड हुँदै झापातर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।पाँचथरको हिलिहाङ गाउँपालिका-७ सल्लेरी मे १ ज १९४७ नम्वरको जीप आइतवार सडकबाट ५० मिटर तल खसेर दुर्घटनामा परेको हो।
घाइतेमध्ये ७ जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।
उदयपुरको त्रियुगा घर भएका चालक प्रविण दनुवार, झापा मेचीनगर-६ की वन्धना भण्डारी,प्रसान सुवेदी र छोरी प्रसना सुवेदी, ताप्लेजुङ मिक्वाखोला-२ का चन्द्रप्रसाद थापा ,ताप्लेजुङ फुङलिङ-३ की कमला रसाइली र उनकी छोरी तुलसा रसाइलीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उनीहरुलाई पाँचथर अस्पतालमा उपचार हुन नसकेपछि झापातर्फ रेफर गरिएको छ।
प्रतिक्रिया