वर्णन मिडिया र्विफिङ : आज दिनभरका खबरहरु

बी एन्ड सीको फैसलाले चिकित्सा शिक्षामा आशा जगायो, पिपुल्स र मनमोहनलाई पनि न्याय देऊ

दुर्गा प्रसाई सञ्चालक रहेको झापाको बी एन्ड सी कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतले आदेश जारी गरेपछि चिकित्सा शिक्षामा नयाँ आशा पलाएको छ । विभिन्न स्वार्थ समूहबाट परिचालित डा. गोविन्द केसीको राष्ट्रहितविपरीतको हठका कारण चिकित्सा शिक्षामा बन्ध्याकरण गरिएको थियो । यसले देशमा दक्ष जनशक्ति उत्पादन र गुणस्तरीय शिक्षाको सम्भावनालाई समाप्त पारी युवा तथा पुँजीको पलायनलाई तीव्र पारेको थियो । 

पयालयनको यस अत्यासलाग्दो प्रवाहले देशमा एक प्रकारको राष्ट्रिय निराशा छाएको थियो । डा. कुमार चुडाल र सारंगा सुवेदीको इजलासबाट बी एन्ड सी कलेजलाई सम्बन्धन दिने आदेश भएसँग कालो बादलमा चाँदीको घेरा देखापरेको छ । करोडौँ लगानी गरेर पूर्वाधार बनाएका कलेज सञ्चालकहरु आत्महत्याको बाटो रोज्नुपर्ने अवस्था बनाइएको थियो । सर्वोच्च अदालतले यही देशमा बाँच्न र बस्नका लागि आधार बनाइदिएको छ । 

https://barnanmedia.com/news/detail/171314/

जिल्ला अदालतका अक्षम न्यायाधीशका कारण अनाहकमा सेवाग्राहीले भोगिरहेका छन् अन्याय

काठमाडौँ जिल्ला अदालतमा केही यस्ता न्यायाधीश छन्, जसले आफ्नो अक्षमताको भारी मुद्दाका पक्षहरुलाई बोकाइरहेका छन् । कतिसम्म भने केही न्यायाधीशको कार्यशैली र न्यायप्रतिको असंवेदनशीलताका कारण थुनामा जानै नपर्ने व्यक्ति थुनिएका छन् 

काठमाडौँ जिल्ला अदालतको १७ नं इजलासमा यस्तै एउटा घटना भयो । लिखतसम्बन्धी कसुरका एक अभियुक्त आफै निवेदन लिएर अदालतमा हाजिर भएका थिए । मंगलबार नै दर्ता गराइएको उनको निवेदनका आधारमा बुधबार पेसी तोकियो । न्यायाधीश कमला पौडेलको इजलासमा बयान र थुनछेक हुने भयो ।

https://barnanmedia.com/news/detail/171316/

उपनिर्वाचनमा गठबन्धनभित्रकै दलहरू भिड्दै, कांग्रेसलाई हाइसन्चो

आगामी वैशाखमा इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ। इलाममा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभाको उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनमा एमाले, माओवादी, रास्वपा, जसपा र एकीकृत समाजवादीको गठबन्धन र कांग्रेस आमनेसामने हुने ठानिएको थियो।

तर, रास्वपाले पहिल्यै क्लियर गरिसकेको थियो, इलाममा आफ्नै उम्मेदवार उठाउने अनि प्रदेशसभाको उपनिर्वाचनमा भाग नलिने। यसले प्रदेशसभामा रास्वपाले अप्रत्यक्ष रुपमा गठबन्धनलाई सघाउने तय भएको थियो।

https://barnanmedia.com/news/detail/171317/

जलवायु सङ्कटमा विश्वव्यापी प्रतिक्रियाको आवश्यकतामा बोआओ फोरमको जोड

सन् १९९० को दशकको सुरुमा जलवायु परिवर्तनको मुद्दालाई मानव समाजले मान्यता दिएपछि र सन् १९९४ मा जलवायु परिवर्तनमा संयुक्त राष्ट्रसङ्घ फ्रेमवर्क कन्भेन्सन (युएनएफसिसिसी) लागु भएपछि धेरै ढिलो हुनुअघि विश्वभरका मुलुकहरू अब जलवायुमा ठोस कार्यको माग गर्ने महत्त्वपूर्ण क्षणमा आइपुगेका छन् । 

    दक्षिणी चीनको हाइनान प्रान्तको बोआओमा जारी बोआओ फोरम फर एसियाको वार्षिक सम्मेलन २०२४ मा अन्तर्राष्ट्रिय जलवायु परिवर्तन वार्ताकार, उद्यम, बैंकर र वैज्ञानिकहरूले यो तात्कालीक भावनामा जोड दिएका छन् । 

आजबाट शुरु हुँदै एसईई

यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट शुरु हुँदैछ । परीक्षा बिहान ८ देखि ११ बजेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्षको परीक्षामा सामुदायिक तथा संस्थागत विद्यालयबाट ५ लाख चार हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् 

जसमा २ लाख ५० हजार ७७२ छात्रा, २ लाख ५३ हजार ६२७ छात्र र अन्य १५ जना छन् ।त्यस्तै जापानबाट २३ जना सहभागी हुने भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका एसइर्ई परीक्षा नियन्त्रक नन्दलाल पौडेलका अनुसार जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र आठ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् । जापानको परीक्षा केन्द्रको जापानस्थित नेपाली दूतावासले परीक्षाको अनुगमन गर्ने भएको छ ।

नेपाल प्रहरीका ८ जना डीएसपी एसपीमा बढुवा सिफारिस (नामावली)

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। 

प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले ८ जना डीएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गरेको हो। 

https://barnanmedia.com/news/detail/171320/

मान्छेको जस्तै दात भएको माछा माझीले समाते संसारभर भयो भाइरल

अहिले सम्म त तपाईले मानिसको जस्तो अनुहार भएको कुकुर देख्नु भयो तर कहिले मानिसको जस्तो दात भएको माछालाई देख्नु भएको छ ? पक्कै पनि देख्नु भएको छैन होला, सायद तपाइलाई त सुन्दा नै अचम्म लागिरहेको हुनसक्छ । तर अचम्म नमान्नुस् यो एकदमै वास्तविक र सत्य हो ।

मानिसको दाँत जस्तो आकृति भएको माछा फेला परेपछि विज्ञहरु पनि छक्क परेका छन् । अमेरिकाको नर्थ क्यारोलिनामा मान्छेको जस्तै दाँत भएको एउटा दुर्लभ माछा फेला परेको बीबीसीले जनाएको छ ।

काठमाडौं उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थाल्याे

काठमाडौं उपत्यकामा कोरोना भाइरसका नयाँ संक्रमित भेटिन थालेका छन् ।

काठमाडाैंमा मौसमी फ्लु भनी अनुमान गरिएका केही बिरामीमा कोभिड १९ पुष्टि भएको हो। उपचारका लागि त्रिवि शिक्षण अस्पताल र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा पुगेका बिरामीको जाँच गर्दा १२ जनामा कोरोना पुष्टि भएको बताइएको छ ।

https://barnanmedia.com/news/detail/171327/

विद्यार्थीले प्रहरी हिरासतबाटै एसईई परीक्षा

सर्लाही बागमतीका एक विद्यार्थीले प्रहरी हिरासतबाटै एसईई परीक्षा दिएका छन्।

बागमती नगरपालिका- ६ धरहरा घर भएका १६ वर्षीय किशोरलाई हिरासतबाटै परीक्षा दिने व्यवस्था मिलाइएको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ। 

सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

 निरन्तर उकालो लागेको सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार नौ सय रूपैयाँ पुगेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

मापदण्डविपरीत सञ्चालित चार उद्योग बन्द गरिने

 जिल्ला अनुगमन समितिले मापदण्डविपरीत सञ्चालित चारवटा नदीजन्य उद्योगलाई बन्द गर्ने जनाएको छ । स्थलगत अनुगमनपछि आज तुलसीपुरमा बसेको समितिको बैठकले ती उद्योग मापदण्ड र कानुनविपरीत सञ्चालनमा आएको निष्कर्षसहित बन्द गर्ने निर्णय गरेको हो ।

जिल्ला अनुगमन समितिका संयोजक नित्यानन्द शर्माको नेतत्वमा समितिका सदस्यसहितको टोलीले जिल्लामा सञ्चालित दश क्रसर तथा बालुवा प्रशोधन उद्योगको स्थलगत अनुगमन गरेको थियो । अनुगमनपछि चार उद्योगलाई तत्काल बन्द गर्न पत्राचार गर्ने र बाँकीलाई अपुग कागजात पेस गर्न, मापदण्डअनुरुप व्यवस्थित गर्न निर्देशन दिने निर्णय भएको अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिनुभयो । 

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार स्वास्थ्य क्षेत्रमा सुधारका लागि स्वास्थ्य मन्त्रालयमा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवसमक्ष २६ बुँदे सुझावपत्र पेश गरेको छ । प्रतिनिधिसभा सदस्य तथा रास्वपाका स्वास्थ्य विभाग प्रमुख डा तोसिमा कार्की नेतृत्वको टोलीले उक्त सुझावपत्र दिएको हो ।

आपतकालीन स्वास्थ्यसेवालाई राज्यको पूर्ण दायित्वभित्र पार्नुपर्ने, स्वास्थ्य बीमा कार्यक्रमलाई उच्च प्राथमिकतामा राख्दै यसलाई सशक्त, सहज र पारदर्शी बनाउनुपर्नेे, उपचार तथा स्वास्थ्य सेवामा शुल्क निर्धारणका विषयमा पुनरावलोकन हुनुपर्ने, चिकित्सक तथा स्वास्थ्य मानव स्रोतको सुनिश्चित व्यवस्थापन गर्न जति सक्दो छिटो आवश्यक दरबन्दी सिर्जना गर्नेलगायतका बुँदा सुझावपत्रमा समेटिएको छ । 

तनहुँका स्थानीय तहलाई एक अर्ब १० करोड अनुदान

 तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारका तर्फबाट रु एक अर्ब दश करोडभन्दा बढी वित्तीय समानीकरण अनुदान प्राप्त हुने भएको छ । 

    राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसबमोजिम तनहुँका चार नगरपालिका र छ गाउँपालिकालाई रु एक अर्ब १० करोड ५७ लाख वित्तीय समानीकरण अनुदान प्राप्त हुन लागेको हो । 

साताको अन्तिम दिन,नेप्से ४.७८ अंकले बढ्यो

 आज कूल ६६ लाख १२ हजार ८८५ कित्ता शेयर २ अर्ब ६५ करोड २६ लाख ९० हजार रुपैयाँमा कारोबार हुँदा ११९ वटा कम्पनीको शेयरमूल्य बढेको छ। ११६ कम्पनीका लगानीकर्ताले गुमाएका छन्‌ भने १० कम्पनीको शेयरमूल्य स्थिर छ।

साताभर नै घट्दो क्रममा रहेको नेप्से झिनो अंकले बढ्दा आज हिमालय ऊर्जा विकास कम्पनी लिमिटेडका शेयरधनीले प्रतिकित्तामा १० प्रतिशत (२८.७० रुपैयाँ) कमाएका छन्‌। यो कम्पनीको प्रतिकित्ता शेयरमूल्य ३१५.७० रुपैयाँ पुगेको छ।

एमडीएमएस खरिद प्रकरणः एमडीएमएस खरिदमा ९१ करोड भ्रष्टाचार, अख्तियारका पूर्वअध्यक्षसहित १९ जनाविरुद्ध मुद्दा

विदेशबाट मोबाइल आयात गर्दा राजस्व छली भइरहेको भन्दै रोक्नका लागि प्राधिकरणले मोबाइल डिभाइस मेनेजमेन्ट सिस्टम (एमडीएमएस) खरीद गरेको थियो। एमडीएमएस खरीदमा ९१ करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार विशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गरेको छ।

एमडीएमएस खरीद गर्दा बदनियतपूर्ण ढंगले अस्वाभाविक बढी काम/लागत देखाएको, लागत अनुमान र बोलपत्र स्वीकृत नगराएको, मनासिब कारण विना लागत इस्टिमेट अस्वाभाविक रूपमा बढाई बढी सामान खरीद गरेको पाइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए। त्यस्तै, गलत लिखत तयार गरेको, सरकारी कागजात लुकाएको तथा नष्ट गरिएको अख्तियारको अनुसन्धानमा देखिएको छ।

पछिल्लो एक वर्षमा ७ हजार १९४ जनाले गरे आत्महत्या

 बिहीबार नेपाल प्रहरीको वार्षिक कार्य प्रतिवेदन सार्वजनिक गर्दै केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भिम प्रसाद ढकालले देशभर ५९ हजार ६१ वटा मुद्दा दर्ता भएको बताएका हुन् । उक्त मुद्दा मध्ये सबैभन्दा धेरै अपराधका मुद्दा उपत्यकामा र कम कर्णाली प्रदेशमा दर्ता भएको जानकारी उनले दिए ।

उपत्यकामा १७ हजार ३ सय ९७ अर्थात् कूल अपराधको २९ .४५ प्रतिशत र कर्णालीमा सबैभन्दा कम १ हजार ९६५ वटा अपराधका घटना भएका छन् । उपत्यकापछि मधेश,कोशी र लुम्बिनीमा क्रमश धेरै अपराधका मुद्दा दर्ता भएका छन् ।