इलाम उपनिर्वाचनमा ६० प्रतिशत मतदान

इलाम क्षेत्र नम्बर २ मा आज भएको प्रदेशसभा सदस्यको उपनिर्वाचनमा ६० प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ मतदान भएको छ । 

 बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म भएको मतदानमा सो प्रतिशत मतदान भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा  १ लाख १५ हजार ८ सय ८९ मतदाता छन्।

जसमध्ये ३५ हजार १ सय २५ जना पुरुष र ३४ हजार १ सय ५० जना महिला र अन्य २ जनाले मतदान गरेका छन्। 

इलाम क्षेत्र नम्बर २ मा आजै रातिबाट मतगणना सुरु हुने आयोगले बताएको छ। निर्वाचन आयोगका सहायक प्रवक्ता रामदत्त पाण्डेयका अनुसार आजै राति ११ बजेसम्म मतगणना सुरु हुनेछ।