सुनको मूल्यमा फेरि नयाँ ऐतिहासिक रेकर्ड

काठमाडौं । निरन्तर उकालो लागेको सुनको मूल्यले बिहीबार पुनः नयाँ रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुन आज प्रतितोला एघार सयले बढेर एक लाख २७ हजार नौ सय रूपैयाँ पुगेको छ ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख २६ हजार आठ सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख २६ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला एक लाख २७ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।