अर्थ मन्त्रालयद्वारा सरकारी खर्चमा तीव्रता
![](https://snowberry.prixacdn.net/media/gallery_folder/artha-mantralaya-and-barsaman-pun_qxBBOFJmN5_zqiurhaua34opsgmu9ksmrgdeasvg4twmczqw8qj0tn7ns4nlwevzwyembqa_3V5OPmy1JB_zsjk6ixdtzl2tpfmuqoskvwcspjazy6hak334wpl7tqebtw6hjycms4xl9wd.png)
काठमाडौँ, २ वैशाख– वर्षमान पुन अनन्तले अर्थमन्त्रीको जिम्मेवारीमा आएपछि सरकारी खर्चले तीव्रता पाएको छ । नयाँ मन्त्रीको आगमनपछि मन्त्रालयले खर्च नभएको आयोजनाबाट रकमान्तर, कार्यक्रम संशोधन र विविध शीर्षकबाट खर्च बढाइएको हो ।
पछिल्लो एक महिनामा सरकारी निकायबाट एक अर्ब ६३ करोड रकमान्तर गरी खर्च भएको छ । यस्तै दुई अर्ब ६३ करोडको कार्यक्रम संशोधन गरिएको छ । विविध शीर्षकमा राखिएको तर हालसम्म खर्च नभएको बजेटबाट ३६ अर्ब ५० करोड खर्च गरिएको छ ।
बजेटको एउटा शीर्षकबाट अर्को शीर्षकमा पैसा पठाएर खर्च गर्ने कामलाई रकमान्तर भनिन्छ । एउटै शीर्षकभित्र बजेट परेका एउटा निकायबाट अर्को निकाय वा एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा पैसा पठाएर खर्च गर्ने कामलाई कार्यक्रम संशोधन भनिन्छ ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्वसम्बन्धी ऐनमा चालु आर्थिक वर्षको बजेट खर्च हुन नसकेपछि रकमान्तर, कार्यक्रम संशोधन र थप निकासाबाट खर्च गर्न पाउने व्यवस्था छ ।
ऐनको व्यवस्थाभित्रै रहेर खर्च बढाउने प्रयास मन्त्रालयले गरेको हो ।
कुल रकमान्तर भएको १ खर्ब ६३ अर्ब रुपैयाँमध्ये सबैभन्दा बढी स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट भएको छ । स्वास्थ्य मन्त्रालयमातहतका सरकारी निकायले ६४ करोड ४१ लाख रुपैयाँ रकमान्तर गरेका छन् । त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ४८ करोड ८६ लाखको रकमान्तर गरेको छ ।
२८ स्थानीय तहका लागि पालिकाअन्तर्गत
निर्माणाधीन आधारभूत अस्पतालको कार्यप्रगति तथा मोबिलाईजेसन भुक्तानीको रकमान्तर गरिएको छ । उक्त शीर्षकमा ४९ करोड २४ लाख ३१ हजार रुपैयाँ खर्च भएको छ ।
छात्रावृत्ति करारमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र भत्ता भुक्तानी गर्न स्वास्थ्य क्षेत्र सुधार कार्यक्रमका लागि ३२ लाख रुपैयाँ रकमान्तर भएको छ । यस्तै मृगौला प्रत्यारोपण गरेका, डायलाइसिस गराइरहेका, क्यासर रोगी र मेरूदण्ड पक्षघातका विरामीहरूलाई औषधि उपचार खर्चबापत मासिक ५ हजार रुपैयाँका दरले उपलब्ध गराइने रकम भुक्तानी गर्न १४ करोड ८५ लाख निकासा भएको छ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत महाकाली कोरिडोर (ब्रम्हदेव–झुलाघाट–दार्चुला–टिङकर) अन्तर्गत विकास निर्माण निर्देशनालयका लागि ७० लाख रुपैयाँ रकमान्तर गरी खर्च भएको छ । सडक निर्माणको दायित्व प्राथमिकताको आधारमा भुक्तानी गर्न सडक डिभिजन, घोराही (दाङ) लाई ९ करोड ४ लाख रुपैयाँ पैसा निकासा दिइएको छ ।
उत्तर दक्षिण राजमार्ग (कर्णाली, कालीगण्डकी र कोशी) का लागि करार सेवा शुल्क स्वीकृत दरबन्दीको करार कर्मचारीमा नपुग रकम बराबर २ लाख ९६ हजार पठाइएको छ ।
रणनीतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षणअन्तर्गतका कार्यालयहरूमा २५ करोड ९ लाख रुपैयाँ रकमान्तर भएको छ । तमोर कोरिडोर चतरा–मुलघाट–सुभाडखोला सडक योजना मुलघाट (सुनसरी) का लागि १४ करोड निकासा गरिएको छ ।
मन्त्रालयले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडलाई ऋण लगानी गर्नका लागि औद्योगिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत ऋण लगानी गर्न दुई करोड २४ लाख दिएको छ ।
रक्षा मन्त्रालयमातहत जंगी अड्डा, सैनिक हवाई महा–निर्देशनालय, वीरेन्द्र अस्पताल (पोष्ट एक्सीडेन्ट सेन्टर समेत) र राष्ट्रिय सेवा दलअन्तर्गतका कार्यक्रममा थपघट र रकमान्तर गरिएका छन् ।
स्थानीय तहहरूबाट खर्च हुने गरी स्वास्थ्य मन्त्रालयअन्तर्गतको एकीकृत स्वास्थ्य पुर्वाधार विकास कार्यक्रम अन्तर्गतको ५५ करोड ७२ लाख रुपैयाँको कार्यक्रम संशोधन गरी रकम पठाइएको छ । कृषि विकास मन्त्रालयअन्तर्गतको पेशु सेवा विभागको आग्रहमा ४८ करोड बराबरको कार्यक्रम संशोधन भएको छ ।
शहरी विकास मन्त्रालयअन्तर्गतका ४५ करोड ४५ लाख तथा प्रदेशअन्तर्गतका एक करोड ८१ लाखका कार्यक्रम संशोधन भएका छन् । नेपाल विद्युत् प्राधिकरणमा सरकारको ऋण लगानी रहने गरी एक अर्ब ६३ करोड १७ लाख रुपैयाँ निकासा गरिएको छ ।
![आज कतिमा कारोबार भइरहेको छ सुन ?](https://snowberry.prixacdn.net/media/gallery_folder/gold-78-4-3_CTFa506zAc_f6i9gvykzjxolkxic82wgabzylzfhmymfdi0uwjls2p8mlymwdvjcnwlqu56_1xPKrZCa0o_jtd4qgebnc2zdd4nmpfkyb3jkd9zufxizizetqlxxjcfpkxetokrf3abe5yc.jpg)
आज कतिमा कारोबार भइरहेको छ सुन ?
![राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने](https://snowberry.prixacdn.net/media/gallery_folder/rashtra-bank-nepal2024-07-26-07-07-28_uZGaEoUL6u_gv7dde4fi0fxc5a7qdepfohxx77m6ob9opxvbrnnwapogcjqpamotnr8r78p_Vxmj4pXhHm_h4yowpasxo93wt1hgujlnjmouksrpjdrylsyciehonkfodqo6d0mitva2bwo.jpeg)
राष्ट्र बैंकले आज मौद्रिक नीति सार्वजनिक गर्ने
![सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?](https://snowberry.prixacdn.net/media/gallery_folder/Gold%2520silver1654579639_JYNaVpw6Kw_n0jzhmejvpchf7pufaphmmwj7dy2tolz18ztqfdko8ff8gh0iqyi5fky8vzx_nCmxImCGuv_w17lwckexn7b9ccmromnfa9wuclocf4esn3wdqm0cghwskafaxpqqdqaldlf.jpg)
सुनको भाउ घट्यो, कतिमा भइरहेको छ कारोबार ?
![नेपाली बजारमा बुधबार सुनको मूल्य कति ?](https://snowberry.prixacdn.net/media/gallery_folder/67189830compulsory-figure_jbkmiCQZmk_suhfl43whrwepagok4txajt8dcs2glerjmsbelv1widulxtyfzjcacd4di97_32LZmLi9uN_jw0wxi126ldl1qrhsm44bh72bclfcd4qk8ujomsrtoa8wvw6zcnobscadlma.jpeg)
नेपाली बजारमा बुधबार सुनको मूल्य कति ?
![पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
पूर्वाधार विकास कार्यालयको पुँजीगत खर्च ७३ प्रतिशत
![पर्साका सङ्घीय कार्यालयको राजस्व रु दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब](https://snowberry.prixacdn.net/media/gallery_folder/Tax-rajaswo__tdw0bgTixS_0to8p7gnywwg7rz5ftqsseh7n2gmmrubinh1lw670riev4btsapshdfzzvwk_SeMcnj3rxi_rpwj2p7qcbqhpzfc8jahlhp1ozjejvzysyrzk1wbjajutyfdbaksjmjuyqcs.jpg)
पर्साका सङ्घीय कार्यालयको राजस्व रु दुई खर्ब सात अर्ब, खर्च १२ अर्ब
![साताकाे दाेस्राे दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा, १३ अर्ब ९१ करोडको कारोबार](https://snowberry.prixacdn.net/media/gallery_folder/th%252520(1)_HjnClxBbmm_xry2tatt5a0q4nt023pzscubzbfkn5nxzegpi4dqmwrapiikoxik2iozoksw_CMZYMjpNAB_fxtuyhpzpl5lmp81lcsbenuobe9gokzwir8fvgeext9lbjdzbjkd1cizldhs_o94qN3CzBW_wjuwfvbn0uynbinome3bkgao4s23w1ppdjpfdwc9gibn9bvxzalckmreclfg_28W6rjKW2Z_ogyigsmm0bous73m6i6r99xub8vey2thuvop1s3pgomedqtffsaddbg7ya4q.jpeg)
साताकाे दाेस्राे दिन नेप्से २.१५ अंकले बढेर २४८८.०९ विन्दुमा, १३ अर्ब ९१ करो…
![आज सुनको मुल्य प्रतितोला एक सय रुपैयाँले बढ्याे](https://snowberry.prixacdn.net/media/Untitled-3_kmbkxmwitlrzt6j236lbcxz0qwdntxwtmwr1cyd42gkwqyhktmici6uhlr9z.jpg)
प्रतिक्रिया