तीन प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

 हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।

महाशाखाका अनुसार बागमतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकीप्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का हिमपातको सम्भावना रहेको छ।

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतयाः सफा रहने छ ।

यस्तै आज राती देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।