३ प्रदेशमा मेघगर्ज र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको झारखण्ड आसपास रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका आज अनुसार कोशी बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा तथा मधेश प्रदेशको एक–दुई स्थानमा मेघगर्ज र चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाका अनुसार कोशी प्रदेशको एक–दुई स्थानमा मध्यम वर्षाको समेत सम्भावना रहँदा कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा साथै गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

त्यस्तै आज राती  देशभर आंशिक बदली रहने छ। कोशी  प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ।