मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

हाल नेपालमा श्चिमी न्यून चापीय प्रणाली तथा भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको प्रभावरहेकाे छ।जसका कारण देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली हुनेछ । 

 जल तथा मौसम विज्ञान विभागका अनुसार आजपनि देशभर आंशिकदेखि सामान्यसम्म पानी पर्ने सम्भावना रहेको छ । महाशाखाका अनुसार आज दिउसो पहाडी भू–भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। 

त्यस्तै पहाडी भू–भागका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

आज राती कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना  छ। 

कोशी, बागमती र गण्डकी प्रदेशका प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान रहेकाे छ ।