यस्तो छ विश्वको सबैभन्दा हलुका ब्याग, ३७ ग्राम तौल
फ्रान्सेली फेशन ब्रान्ड कोपेर्नीले हालसालै विश्वको सबैभन्दाहलुका हाते ब्याग सार्वजनिक गरेको छ । यो ब्याग पृथ्वीमा पाइने सबैभन्दा हलुका ठोस पदार्थ एरोजेलले बनेको छ ।
३७ ग्राम मात्रै तौल भएको यो ब्यागको नाम कम्पनीले एयर स्वाइप राखेको छ । हरेक वर्ष कम्पनीले आफ्नो लोकप्रिय स्वाइप ब्यागलाई अनौठो र सोच्न बाध्य बनाउने तरिकाले पुनः सृजना गर्ने गरेको छ ।
गएको वर्ष कोर्पेनीले लिमिटेड एडिशनमा मेटोराइट ह्यान्ड ब्याग बनाएको थियो । यसमा हजारौँ वर्ष अघि पृथ्वीमा खसेको मेटोराइट अर्थात् उल्कापीन्डको साहराले हातैले बुट्टा कुँदिएको थियो । यस वर्षको लागि ब्याग बनाउन कम्पनीले ग्रिसेली अनुसन्धानकर्ता र भिजुअल आर्टिष्ट लोआनिस मचियालाउडिससँग सहकार्य गरेको थियो । कोर्पेनीले बनाएको २७ बाई १६ बाई ६ सेमीको यो ब्यागको तौल जम्मा ३७ ग्राम छ ।
सिलिका एरोजेल पृथ्वीको सबैभन्दा हलुका पदार्थ हो । यसमा ९९ प्रतिशत हावा र १ प्रतिशत मात्रै सिसा हुन्छ । यो ब्याग तपाईँले सोचे जस्तो कमजोर भने छैन । यसले आफ्नो तौलको ४ हजार गुणा चाप र १ हजार २०० डिग्री सेल्सियससम्मको ताप सहन सक्छ ।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रास्वपा प्रदेश अधिवेशन आजदेखि
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
cc
प्रतिक्रिया