एभरेष्टका निर्माता डेभिड ब्रेशियर्सको निधन
हलिउडका चर्चित फिल्म निर्माता तथा छायांकार डकुमेन्ट्री निर्माता डेभिड ब्रेशियर्सको निधन भएको छ ।
मार्च १४ मा अमेरिकाको म्यासाचुसेट्स राज्यस्थित घरमा ६८ वर्षका ब्रेशियर्स मृत फेला परेका थिए । उनको मृत्युको कारण प्राकृतिक भएको बताइएको छ । मृत्युको ठ्याक्कै कारण भने अज्ञात रहेको ब्रेशियर्सको बिजनेस म्यानेजरले भनेकी छिन् ।
ब्रेशियर्सले सगरमाथा आरोहणबारे बनाएको डकुमेन्ट्री फिल्म निकै चर्चित बनेको थियो । उनको यो डकुमेन्ट्रीले सगरमाथालाई विश्वमाझ चिनाएको थियो ।
मृत्युको खबरलाई ब्रेशियर्सको परिवार विज्ञप्तिमार्फत पुष्टि गरेको छ । उनको निधनको खबर सत्य भएको उनी निकटका अमेरिकी पर्वतारोहीहरू एड भिस्टर्स, क्याथी हार्वर्ड र जेड विलियम्सनले पनि पुष्टि गरेका छन् । ब्रेशियर्स स्वयं पनि हिमाल आरोही हुन् । उनका परिवारका अनुसार उनले पाँच पटक सगरमाथा चढेका थिए ।
सन् १९९८ को आएको आइम्याक्स डकुमेन्ट्री ‘एभरेस्ट’बाट ब्रेशियर्स चर्चित बने नै उनले सगरमाथालाई पनि विश्वभर चिनाए । यो डकुमेन्ट्री सबैभन्दा धेरै कमाउने डकुमेन्ट्री फिल्म समेत बनेको थियो । उनी यो फिल्मको सह–निर्देशक र सह–निर्माता थिए । उनले सगरमाथामाथि एभरेस्ट, स्टोर्म ओभर एभरेस्ट र एभरेस्ट डेथ जोनजस्ता फिल्म बनाएका छन् । सन् १९८३ मा उनी सगरमाथाबाट ‘लाइभ टेलिकास्ट’ गर्ने पहिलो व्यक्ति बनेका थिए ।
‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रास्वपा प्रदेश अधिवेशन आजदेखि
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
प्रतिक्रिया