जासूस गाईले गर्छ ग्रामीण क्षेत्रका मानिसहरुको निगरानी
काठमाडौं । तपाईंले जासूस मान्छेको बारेमा त सुन्नुभएकै छ । परेवा लगायतका चरामा समेत चिप जडान गरेर विभिन्न मुलुकहरुले जासूसी गरेको पनि सुनिएको थियो । तर के तपाईंले जासूसी गर्ने गाईको बारेमा सुन्नुभएको छ ?
हालै एउटा यस्तै घटना भएको छ । डेलीस्टारका अनुसार इजरायलले गाईलाई जासूसीको तालीम दिइरहेको छ र ती जासूस गाईहरुले प्यालेस्टाइनका ग्रामीण क्षेत्रका मानिसहरुको निगरानी गर्नेछन्।
प्यालेस्टाइनी पत्रिका अल हयात अल जदीदाको दाबी अनुसार खिरबेट यानुन गाउँका एकजना वृद्ध रुश्द मोरारले एउटा घुमिरहेको नयाँ गाई देखेका थिए । त्यो गाई जासूस गाई रहेको बताइएको छ।
इजरायलले मोरार लगायतका गाउँलेहरुको जासूसीका लागि सो गाईलाई भर्ती गरेर तालीम दिइरहेको दाबी उनको छ । मोरारका अनुसार खिरबेट यानुनका साना ठूला सबै चिजको निगरानी गर्नका लागि गाईको गर्धनमा एउटा तक्माजस्तै चिज झुण्डाइएको छ । त्यसमा सुन्ने र रेकर्ड गर्ने डिभाइस हुन्छ र कहिलेकाहीँ क्यामेरा पनि लगाइएको हुन्छ ।
उनी भन्छन्– मानिसहरुमाथि विभिन्न प्रकारका अपराधहरु भैरहेका छन् । उनीहरु आफ्नो युद्धमा जुन साधन अपनाउँछन् त्यो असीमित छ । हत्यादेखि सडकमा कार ठोक्काउने, अनाजलाई जलाइदिने, रुख ढालिदिने तथा जग्गाजमिन खोसिदिनेदेखि किसानको जग्गामा जंगली सुँगुर छाडिदिनेसम्मका अपराध भैरहेका छन् ।
सुरुमा यस्तो दाबी सन् २०२३ को जनवरीमा सार्वजनिक भएको थियो । तर यो हप्ता पुनः अरु कसैले यस्तो दाबी गर्यो । स्मरण रहोस् यसबेला गाजामा इजरायल र हमासबीच युद्ध चलिरहेको छ । खिरबिट यानुन गाउँ चाहिँ पश्चिमी किनाराको मध्य भागमा अवस्थित एउटा गाउँ हो ।
– एजेन्सी
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रास्वपा प्रदेश अधिवेशन आजदेखि
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
cc
प्रतिक्रिया