२ प्रदेशमा हिमपातको सम्भावना,बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने

हाल नेपालमा श्‍चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव छ।

 पूर्वानुमान जल तथा मौसम विज्ञान विभागको अनुसार आज पहाडी इलाकामा मौसम बदली रही अन्य क्षेत्रमा सफा रहने छ।

विभागका अनुसार आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्‍चिमलगायत पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज राति वागमती, गण्डकी, कर्णाली र सुदूरपश्‍चिमलगायत पहाडी भेगमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकीका उच्च पहाडी र हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ।