ईयूले रोक्का गरेको रूसी सम्पत्तिलाई हतियार खरिद गर्न प्रयोग गरिने
युरोपेली सङ्घ (ईयू) का सदस्य राष्ट्रहरूले रूसी सम्पत्ति रोक्का गर्दा प्राप्त रकम हतियार खरिदमा प्रयोग गर्ने प्रक्रिया अघि बढाउने भएका छन् । फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ र पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कसँगको संयुक्त पत्रकार सम्मेलनमा बोल्र्दै चान्सलर सोल्जले भन्नुभयो, “हामीले यूरोपमा रोक्का रूसी सम्पत्तिबाट आएको आम्दानीलाई हतियार खरिदका लागि यूक्रेनलाई आर्थिक सहयोग गर्न प्रयोग गर्नेछौँ ।
ईयूका उच्च पदस्थ प्रतिनिधिका अनुसार ईयूले अहिलेसम्म रूसविरूद्धको प्रतिरोधका लागि प्रतिबन्धको १४ औं प्याकेजमा काम गरिरहेको छ । उहाँले भन्नुभयो, “हामी पहिले नै प्रतिबन्धको १४ औं प्याकेजमा काम गरिरहेका छौँ र यसमा युक्रेनमा रूसी युद्धको सामना गर्ने उपायहरू समावेश हुनेछन् । उहाँले अर्को प्रतिबन्धको प्याकेज कहिले ल्याइन्छ भन्ने बिषयमा जानकारी गराउन अस्वीकार गर्नुभयो ।
प्रतिबन्धको अर्को चरणको घोषणा कहिले गरिनेछ भन्ने बिषयमा जवाफ दिन अस्वीकार गर्नुभयो । सन् २०२२ को फेब्रुअरीदेखि यूरोपेली सङ्घ (ईयू) ले यूक्रेनमा भएको विशेष सैन्य कारबाहीलाई लिएर यसअघि रूसविरुद्ध व्यक्तिगत तथा आर्थिक प्रतिबन्धका १३ वटा प्याकेज ल्याइसकेको छ । फेब्रुअरी २३ मा स्वीकृत गरिएको अन्तिम प्रतिबन्ध १३ औँ भएको रूसी समाचार संस्था तासले जनाएको छ ।
ईयूले युक्रेनलाई सैन्य सहायताका लागि पाँच अर्ब यूरो अर्थात् पाँच अर्ब ४८ करोड अमेरिकी डलर उपलब्ध गराउने सहमति बिहीबार भएको हो । रूसको आक्रमणविरुद्ध यूक्रेनी सेनाले सङ्घर्ष गरिरहेका बेला यूक्रेनलाई सैन्य सहयोग विस्तार गर्ने घोषणा गर्दै यूक्रेनलाई जितका लागि आवश्यक पर्ने सबै कुरामा ईयूको सहयोग रहने बताइएको छ । ईयूका विदेश मामिला तथा सुरक्षा नीतिसम्बन्धी उच्च अधिकारी जोसेप बोरेलले भन्नुभयो, “ईयू सदस्य राष्ट्रका सरकारका प्रतिनिधिहरू सहमत भएका छौँ । उहाँले भन्नुभयो, “यो कोषले हामीलाई थप पाँच अर्ब यूरो (५.४८ अमेरिकी डलर) सैन्य सहयोग बढाउन अनुमति दिनेछ । सन्देश स्पष्ट छ । हामी विजय प्राप्त गर्न आवश्यक सबै कुरा उपलब्ध गराउनेछौँ ।” युरोपेली सङ्घका २७ सदस्य राष्ट्रका राजदूतहरूले युरोपेली शान्ति सुविधा (ईपीएफ) कोषको फेरबदलका लागि बुधबार ब्रसेल्समा भएको बैठकमा सहमति जनाएका छन् ।
प्रतिनिधिसभा बैठक बस्दै, के छ कार्यसूची ?
‘आइपिएम’ पद्धतितर्फ आकर्षित गर्न किसानलाई सोह्र हप्ते तालिम
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
रास्वपा प्रदेश अधिवेशन आजदेखि
एक सय ८० मेगावाट क्षमताको कालीगण्डकी गर्ज जलविद्युत् आयोजना निर्माण सुरु
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
तनहुँका स्थानीय तहलाई सङ्घीय सरकारबाट चार अर्ब अनुदान
प्रतिक्रिया