गाउँ छाडेर हिड्ने प्रबृति चुनौती : मुख्यमन्त्री पाण्डे

काठमाडाै, ३ चैत : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँ छोडेर हिड्ने प्रबृत्ति चुनौतीका रुपमा देखा परेको बताउनुुभएको छ ।

१२ खरी मिडिया र गण्डकी प्रदेश नीति तथा योजना आयोगद्वारा संयुक्त रुपमा आयोजित विकास साझेदारहरुसँग गण्डकी प्रदेशको समुन्नति र लगानी सम्बन्धी अन्तरक्रियामा उहाँले गाउँमा अत्यावश्यकीय पूर्वाधार पुगे पनि पलायन नरोकिएको बताउनुभयो ।

करोडौं रुपैयाँ खर्चेर बाटोघाटो बने पनि त्यसलाई उत्पादनसँग जोड्न नसकिएको बताउँदै उहाँले उत्पादनलाई जोड्न सकिएमा मात्रै पूर्वाधार विकासको औचित्य पुष्टि हुने बताउनुुभयो ।

गण्डकी प्रदेश दोस्रो पञ्चवर्षीय योजनाको तयारीमा जुटेको बताउँदै आत्मनिर्भतामा जोड दिने विषयलाई प्राथमिकतामा राखिएको बताउउनुुभयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. कृष्णचन्द्र देवकोटाले बन्दै गरेको दोस्रो पञ्चवर्षीय योजनामा प्रदेशको प्राथमिकतामा क्षेत्र समेटेर अघि बढ्न लागिएको बताउनुुभयो ।

योजनाका सम्बन्धमा सरोकारवालाबीच छलफल एवम् अन्तरक्रिया गरिएको बताउँदै उहाँले आगामी हप्ता योजनाको आधारपत्र आउने बताउनुुभयो । मानव बन्यजन्तु द्वन्द्व पनि चुनौतिका रुपमा देखा परेको बताउँदै उहाँले त्यसले निर्वाहमुखी कृषिलाई समस्या पारेको बताउनुुभयो ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी बस्नेत, विभिन्न  विकास साझेदार संस्थाका प्रतिनिधिले बोल्नुभएको थियो । 

आजै पोखरालाई पर्यटकीय राजधानी घोषणाको पूर्वसन्ध्यामा आज साँझापोखरा महानगरपालिकाको आयोजनामा राष्ट्रियस्तरका सञ्चारमाध्यममा कार्यरत बरिष्ठ सञ्चारकर्मीहरुसँग विकास लगायतका विषयमा छलफल एवम् अन्तरक्रिया गरिएको छ । 

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने अन्तिम तयारीमा लागिएको बताउनुुभयो । महानगरको समृद्धि र विकासका लागि पूर्वाधार विकास लगायतका काम अघि बढेको उहाँले बताउनुुभयो । 

पोखरा महानगर प्रमुख धनराज आचार्यले पर्यटकीय राजधानी घोषणा समारोहलाई उत्सवका रुपमा मनाउने गरी भव्य बनाउने गरी तयारी गरिएको बताउनुभयो । पोखरा पर्यटनको पर्यायवाची भएकाले धेरै लामो छलफल र अध्ययनपछि औपचारिक रुपमा राजधानी घोषणा गर्न लागिएको बताउनुभयो । 

“पोखरा के हो भन्नेमा कुनै दुविधा छैन, पोखरा पर्यटनको केन्द्र हो, गन्तव्य हो र पर्यटनको पर्यायबाची हो । सबै हो भने क्यापिटल सिटी अफ टुरिजम पनि किन नभन्ने भनेर घोषणा गर्दछौँ । यसबाट गण्डकी प्रदेश सहित समग्र देशको समृद्धिमा टेवा पुग्नेछ । ” महानगर प्रमुख आचार्यले भन्नुभयो । 

आचार्यले पर्यटकीय राजधानी घोषणपछि आवश्यक पूर्वाधार तथा मापदण्डको पहिचान, सेवाको गुणात्मकता लगायतमा सुधार गर्दै लगिने बताउनुभयो ।

उक्त अवसरमा राष्ट्रिय समाचार समितिका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले पोखराको प्राकृतिक सुन्दरतालाई जोगाउदै पूर्वाधार विकासका काम गर्न सुझाउनुुभयो । कार्यकमा महानगरका विकास निर्माण लगायतका विषयमा सञ्चारकर्मीहरुले जिज्ञासा व्यक्त गर्नुुभएको पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमल्सिनाले जानकारी दिनुुभयो । 
–––