सैन्य प्रशिक्षण विमान दुर्घटना हुँदा मध्य टर्किएमा सैनिकको मृत्यु

काठमाडौँ, १ चैत :टर्किस एयर फोर्सको एरोबेटिक प्रदर्शन टोली टर्किस स्टार्सको विमान बिहीबार टर्किएको मध्य प्रान्त कोन्यामा दुर्घटनाग्रस्त हुँदा १ जना सैनिकको मृत्यु भएको टर्किए प्रसारक एनटिभीले जनाएको छ।

विमान अवतरणका क्रममा दुर्घटना हुनु अघि चालक हाम फालेर बाहिर निस्किएका थिए । घाइते चालकलाई उपचारका लागि अस्पताल पुर्याइएको बताइएको छ । 

कोन्याका गभर्नर वाहडेटिन ओज्कानले प्रसारणकर्तालाई बताए अनुसार एनएफ-५ प्रशिक्षण विमान एयर बेसमा दुर्घटनाग्रस्त भएको थियो। 
उक्त दुर्घटनामा निर्माणस्थलमा काम गरिरहेका १ जना सैनिकको  मृत्यु  बताइएको छ ।