मङ्गोलियामा कठोर जाडोका कारण ३९ लाखभन्दा बढी चौपायाको मृत्यु
मङ्गोलियामा यो बर्षको अत्यधिक चिसो हिउदे मौसमका कारण मृत्यु हुने गाईवस्तुहरूको सङ्ख्या ३९ लाख २५ हजार ७३४ पुगेको यहाँको राष्ट्रिय विपत् आयोग (एसईसी) ले सोमबार जनाएको छ । मङ्गोलियाका २१ प्रान्तहरूमध्य पूर्वी सुखबातर प्रान्तमा स्थानीय भाषमा ‘जुड’ भनिने कडा चिसोबाट सबैभन्दा बढी प्रभावित भएको छ । यहाँ ११ लाखभन्दा बढी गाईवस्तुहरूको मृत्यु भएको एसईसीले जनाएको छ ।
चिसोका कारण हिउ पर्ने र जमिन जमेको हिउँले ढाकिएको कारण ठूलो सङ्ख्यामा प्राणीहरू मर्छन् । मङ्गोलियाकोे मौसम अनुगमन निकायका अनुसार मङ्गोलियाले यस बर्षको जाडोमा सामान्यभन्दा धेरै हिम बर्षा र जाडोको सामना गरेको छ । मङ्गोलियाको लगभग ८० प्रतिशत क्षेत्र हिउँले ढाकिएको छ ।
जीवित घुमन्तेहरूको देश मङ्गोलियाले कठोर जाडोले ठुलो पशुधनको क्षतिको कारण यसको प्रकोप तयारीलाई उच्च बनाएको छ । पशुपालनको प्रर्वद्धनलाई जमिनले घेरिएको देशको खानीमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने सबैभन्दा व्यावहारिक तरिकाको रूपमा हेरिन्छ । सन् २०२३ को अन्त्यमा मङ्गोलियामा पशुधनको सङ्ख्या छ करोड ४७ लाख रहेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।
अब १० लाखसम्म बिना धितो कर्जा पाइने, क-कसले पाउँछन्?
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
प्रतिक्रिया