श्रीलकाको नौसेनाद्वारा २२ जना भारतीय मछुवा नियन्त्रणमा
श्रीलङ्काको नौसेनाले उत्तरी श्रीलङ्काको करेइनगरबाट आफ्नो जलक्षेत्रमा अवैध ढङ्गले माछा मारिरहेका २२ जना भारतीय मछुवा सहित ३ वटा डुङ्गा नियन्त्रणमा लिएको छ ।
नौसेनाले आइतबार जारी गरेको विज्ञप्ति अनुसार शनिबार राति र आइतबार बिहान गरेका विभिन्न कारबाहीका क्रममा ती डुङ्गाहरू नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएका ट्रलर र भारतीय माछा मार्ने व्यक्तिलाई कनकेसन्थुराई बन्दरगाहमा ल्याएर कानुनी कारबाहीका लागि स्थानीय अधिकारीलाई बुझाइएको नौसेनाले जनाएको छ।
नौसेनाले सन् २०२४ मा श्रीलङ्काको जलक्षेत्रबाट १५ वटा भारतीय डुङ्गाहरू कब्जा गरेको छ भने ११० जना माछा मार्ने भारतीय व्यक्तिहरूलाई पक्राउ गरेको छ ।
यसैगरी श्रीलङ्काको नौसेनाले सन् २०२३ मा जलक्षेत्रमा अवैध गतिविधिमा संलग्न रहेका ३४३ जनालाई पक्राउ गरेको छ ।
अब १० लाखसम्म बिना धितो कर्जा पाइने, क-कसले पाउँछन्?
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
प्रतिक्रिया