गुगलमा अब एकैचोटी दुई मोबाइल एप डाउनलोड गर्न पाइने
एन्ड्रोइड प्रयोगकर्ताका लागि खुसीको खबर छ । एन्ड्रोइड प्रयोगकर्ताहरूलाई यसअघि एकैसाथ दुई ओटा एप डाउनलोड गर्न समस्या भइरहेको थियो । तर गुगलले अहिले यो समस्या हटाएको छ । अब प्रयोगकर्ताले एकै पटक दुई वटा एप डाउनलोड गर्न सक्नेछन् । प्रयोगकर्ताहरूले अब एकैसाथ धेरै ओटा एप अपडेट गर्न पनि सक्नेछन् ।
अहिलेसम्म गुगल प्ले स्टोरमा एकभन्दा बढी एप डाउनलोड वा अपडेट गर्दा एउटा मात्र एप डाउनलोड वा अपडेट हुने र बाँकी पेन्डिङमा बस्ने गरेको थियो । तर अब त्यस्तो हुने छैन । अब तपाईंले डाउनलोड वा अपडेटका लागि छान्नु भएका सबै एप एकै साथमा डाउनलोड र अपडेट हुनेछन् ।
गुगलले अहिले यो फिचरको परीक्षण गरिरहेको छ । यो फिचरलाई सार्वजनिक गरिन्छ नै भन्ने सुनिश्चित भने नभएको बताइएको छ । परीक्षण सकिएपछि यो फिचर गायब हुन पनि सक्नेछ । नयाँ सुविधा गुगल प्ले स्टोर संस्करण नम्बर ४०.०.१३ मा देख्न सकिनेछ । नयाँ अपडेट पछि प्रयोगकर्ताहरूले अपडेट अलको विकल्प पाउनेछन् । यो विकल्प म्योनज एप्स र डिभाइस सेक्सनमा पाइनेछ ।
अब १० लाखसम्म बिना धितो कर्जा पाइने, क-कसले पाउँछन्?
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
प्रतिक्रिया