माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्यामा एक तिहाइ कमी
गत वर्षको तुलनामा यो बर्ष माल्दिभ्स भ्रमण गर्ने भारतीय पर्यटकको सङ्ख्यामा ३३ प्रतिशतले कमी आएको माल्दिभ्सको पर्यटन मन्त्रालयको तथ्याङ्कलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
नयाँ दिल्ली र मालेबीचको कुटनीतिक सम्बन्धमा तनाव आएसँगै माल्दिभ्स आउने पर्यटक सङ्ख्यामा पनि कमी देखिएको हो ।
सन् २०१९ को मार्च सम्ममा २७ हजार २२४ जना भारतीय पर्यटक आएका थिए । पर्यटन मन्त्रालयको सन् २०२३ को तथ्याङ्कअनुसार सन् २०२३ को मार्च ४ सम्ममा माल्दिभ्समा ४१ हजार ५४ भारतीय पर्यटकले भ्रमण गरेका थिए । माल्दिभ्सको अधाधु अनलाइनका अनुसार यो बर्षको पहिलो दुई महिनामा २७ हजार २२४ भारतीय पर्यटक माल्दिभ्स पुगेका छन् । गत वर्षको तुलनामा यो सङ्ख्या १३ हजार ८३० ले कम हो ।
गत वर्षको पहिलो दुई महिनाको अवधिमा माल्दिभ्समा पर्यटकका लागि भारत १० प्रतिशत बजार हिस्साका साथ दोस्रो ठूलो स्रोत थियो । यद्यपि, यो बर्ष भारतीय पर्यटकको सङ्ख्या छ प्रतिशतका साथ सूचीको छैटौं स्थानमा रहेको छ ।
माल्दिभ्सका तीन उपमन्त्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लक्षद्वीप भ्रमणको तस्बिरलाई लिएर अपमानजनक टिप्पणी गरेपछि दुई देशबीच कुटनीतिक विवाद उत्पन्न भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले भारतीय टापु समूहलाई समुद्र तट पर्यटन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि गन्तव्यका रुपमा विकास गर्न आह्वान गर्नुभएको थियो ।
नयाँ दिल्लीले माल्दिभ्सका राजदूतलाई बोलाएर भाइरल पोस्टको कडा विरोध गरेपछि यो विषयले ठूलो कूटनीतिक विवाद निम्त्याएको थियो । तीनै जना उपमन्त्रीलाई निलम्बनमा राखिएको छ ।
यस वर्षको सुरुमा माल्दिभ्सको पर्यटन उद्योगका सरोकारवाला अधिकारीले भारतमा बहिष्कार अभियानले गति लिएको र लोकप्रिय भारतीय फिल्म स्टारहरूको समर्थन प्राप्त गरेकोमा चिन्ता व्यक्त गरेका थिए ।
माल्दिभ्स एसोसिएसन अफ ट्राभल एजेन्ट्स एण्ड टुर अपरेटर्स (माटाटो) ले भारतीय पाहुनाको बुकिङ रद्द गर्दा परेको असरबारे सर्वेक्षण गरेको थियो तर उक्त निष्कर्ष सार्वजनिक गरिएको थिएन ।
सन् २०२१/०२३ सम्म माल्दिभ्स पुग्ने भारतीय पर्यटकको सङ्ख्या दुई लाखको हाराहारीमा रहेको छ । यद्यपि, यस वर्ष अहिलेसम्म सबैभन्दा बढी अर्थात् ५४ हजारभन्दा बढी चिनियाँ पर्यटकहरूको आगमनको भएको र माल्दिभ्सको पर्यटनका लागि चीन नै शीर्ष बजार भएको छ ।
अब १० लाखसम्म बिना धितो कर्जा पाइने, क-कसले पाउँछन्?
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
प्रतिक्रिया