चीनमा उपभोक्ताको मूल्य छ महिनामा पहिलो पटक फेब्रुअरीमा बढ्यो
काठमाडौँ, २६ फागुन : अगस्टपछि पहिलो पटक फेब्रुअरीमा चीनको उपभोक्ता मूल्य वृद्धि भएको शनिबार सार्वजनिक तथ्याङ्कले देखाएको छ ।
बेइजिङस्थित राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) का अनुसार उपभोक्ता मूल्य सूचकाङ्क गत महिना ०.७ प्रतिशतले बढेको छ । यो अगस्टपछिको पहिलो वृद्धि हो भने जनवरीमा उपभोक्ता मूल्य सूचकाङ्क ०.८ प्रतिशतले घटेको थियो ।
ब्लुमबर्गले गरेको सर्वेक्षणमा विश्लेषकहरूले ०.३ प्रतिशतले वृद्धि हुने अनुमान गरेका थिए ।
सन् २०२१ पछि पहिलो पटक जुलाईमा चीनमा गिरावट आएको उपभोक्ता मूल्य तथा सेवामा अगस्टमा केही समयका लागि सन्तुलन आएपनि त्यसयता मूल्यमा निरन्तर गिरावट आएको छ ।
परम्परागत रूपमा चिनियाँ नयाँ वर्षको अवधिमा उपभोक्ता मूल्यमा वृद्धि हुन्छ, तर यस वर्षको फेब्रुअरीमा यसको मूल्यमा कमी आएको थियो । एनबीएसका अनुसार फेब्रुअरीमा उत्पादक मूल्यमा २.७ प्रतिशतले गिरावट आएको छ ।
अब १० लाखसम्म बिना धितो कर्जा पाइने, क-कसले पाउँछन्?
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
प्रतिक्रिया