मौसम  मुख्यतया  सफा  रहने

हाल नेपालमा  पश्चिमी  न्यून  चापीय  प्रणालीको  आंशिक  प्रभाव  रहेको  छ ।

आज हाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागको  मौसम  मुख्यतया  सफा  रहेको  जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार दिउसो  कोशी,  बागमती  तथा  गण्डकी  प्रदेशको  पहाडी  भू–भागमा  आंशिक  बदली हुने छ भने बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहँदा कोशी,  बागमती  र  गण्डकी  प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू–भागका  एक–दुई  स्थानमा  हल्का  हिमपात हुने सम्भावना रहेको छ।

आज राती पनि कोशी,  बागमती  तथा  गण्डकी  प्रदेशको  पहाडी  भू–भागमा  आंशिक  बदली  रही  बाँकी  भू–भागमा  मौसम  मुख्यतया  सफा  रहने  छ। 

कोशी    र  गण्डकी  प्रदेशको  उच्च  पहाडी  तथा  हिमाली  भू–भागका  एक–दुई  स्थानमा  हल्का  हिमपात हुनसक्ने महाशाखाको पूर्वानुमान गरेको छ ।