सुनको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ। लगातार बढ्दै गएको सुन आज प्रतितोला एक लाख २३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। 

महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २३ हजार रुपैयाँ कायम भएको छ। यो मूल्य अघिल्लो दिनकव तुलनामा २ हजार रुपैयाँले बढेको हो। आइतबार छापावाला सुन १ लाख २१ हजार रुपैयाँ प्रतितोला कारोबार भएको थियो। 

त्यस्तै तेजावी सुनको मूल्य एक लाख २२ हजार चार सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ। चाँदी भने प्रति तोला एक हजार चार सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ।