जेल तोडेर ४ हजार कैदी भागेपछि हाइटीमा संकटकाल
राजधानीको एउटा जेलबाट ४ हजार कैदी भागेपछि हाइटीको सरकारले ७२ घण्टाका लागि संकटकाल घोषणा गरेको छ।
आइतबार सशस्त्र समूहले पोर्ट–ओ–प्रिन्सको जेलमा आक्रमण गरेको थियो। जसमा १२ जनाको ज्यान गएको बताइएको छ। सो गिरोहका नाइकेहरुले प्रधानमन्त्री एरियल हेनरीको राजीनामा मागेका छन्।
हाइटीमा हिंसात्मक गिरोहहरुबीचको झडपमा २०२० यता हजारौँको ज्यान गइसकेको छ। यसै सप्ताहन्तमा दुई जेलमा आक्रमण भएको सरकारको भनाइ छ। जेलबाट भागेकाहरुमा २०२१ मा राष्ट्रपति जुभिनेल मोइजको हत्याका आरोपितहरु पनि छन्।
बिहीबार प्रधानमन्त्री हेनरी केन्या भ्रमण गएपछि पछिल्लो हिंसा सुरु भएको हो। उनले केन्याको नेतृत्वमा सैन्य समूह हाइटीमा खटाउने विषयमा छलफल गर्दैछन्।
यार्सागुम्बा सिजनमा सुनसान बने उत्तरी गोरखाका गाउँ
अमेरिकाको आणविक निशस्त्रीकरणको माग समय सान्दर्भिक छैन : किम यो-जोङ
सबैको सम्पत्ति छानबिन हुन्छ, पक्ष–विपक्ष छुट्दैन: सुधन गुरुङ
परराष्ट्रमन्त्री खनाल र बेलायतका रक्षामन्त्री जोन हिलीबीच भर्चुअल वार्ता
प्राथमिकता निर्धारण गरी विपद्को पूर्वतयारीमा जुट्न प्राधिकरणकाे आग्रह
देशभरका २६३ स्थायी प्रहरी चौकी जीर्ण अवस्थामा रहेको : आईजीपी कार्की
रास्वपा सभापति लामिछानेले गरे राष्ट्रपति पौडेलसँग भेट
प्रतिक्रिया