आज हिमपातको सम्भावना रहे पनि वर्षा नहुने

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ।आज (आइतबार )बिहानबाट  कोसी र मधेस प्रदेशसहित देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था छ । बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखा अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने छ।गण्डकी, कर्णाली र कोशी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एकदुई स्थानमा चने हल्का हिमपातको पनि सम्भावना रहेको विभागले जनाएको छ।

आज राति देशभर आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ। राति गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

आज आंशिक बदली र उच्च भूभागमा हिमपातको सम्भावना रहे पनि वर्षाको सम्भावना भने नरहेकाे महाशाखाले जनाएको छ।