गण्डकीमा बिहानैदेखि वर्षा, यी प्रदेशमा वर्षासँगै हिमपात

हाल नेपालमा पश्चिमी निम्न चापीय प्रणालीको प्रभाव रहेको छ। यतिबेला (बुधबार बिहान) मधेश प्रदेश र बागमती प्रदेशमा साधारणतया बदलीको अवस्था छ भने बाँकी भू(भागमा मौसम आंशिक बदलीको अवस्थामा छ।  

यतिबेला गण्डकी प्रदेशको एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ।आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो मधेश प्रदेशसहित देशका पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि देशभर आंशिक देखि साधारणतया बदलीकै अवस्था रहने छ। राति सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानसहित देशका बाँकी पहाडी भूभागका एक वा दुई स्थानमा मेघ गर्जनरचटयाङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा राति हल्का हिमपातको सम्भावना रहेको महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।