आजको मौसम : कोशी र गण्डकीमा हिमपाततको सम्भावना

काठमाडौँ – अहिले देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

देशमा  पश्चिमी वायुको आंशिक प्रभावको छ भने  तराइका केही स्थानमा हल्का हुस्सु लागिरहेको छ।

महाशाखाका अनुसार आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

त्यस्तै कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।राती भने  देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ।

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको हुनसक्ने महाशाखाको पूर्वानुमान छ ।