गाजामा मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार नाघ्यो
गाजा पट्टीमा जारी इजरायली आक्रमणबाट मृत्यु हुने प्यालेस्टिनीको सङ्ख्या २८ हजार नाघेको गाजास्थित स्वास्थ्य मन्त्रालयले शनिबार जनाएको छ।
मन्त्रालयले जनाए अनुसार इजरायली सेनाको आक्रमणबाट गत २४ घण्टामा ११७ प्यालेस्टाइनीहरूजि मृत्यु बएको छ भने १ सय ५२ जना घाइते भएका छन् । योसँगै गत अक्टोबर ७ मा इजरायल–हमास द्वन्द्व शुरु भएदेखि मृत्यु हुनेको कुल सङ्ख्या २८ हजार ६४ पुगेको छ भने घाइतेको सङ्ख्या ६७ हजार ६११ पुगेको छ ।
इजरायली सेनाले गाजाको दक्षिणी भागमा रहेको रफाह शहरमा शुक्रबार रातिदेखि हवाई आक्रमण गरेको छ जसमा कम्तीमा २८ जनाको मृत्यु भएको सरकारी प्यालेस्टाइन टिभीले उल्लेख गरेको छ ।
शुक्रबार इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सेनालाई रफाहमा हमास ब्रिगेडका बाँकी रहेकाहरूलाई हटाउनको लागि भूमिगत अपरेशनको योजना तयार गर्न निर्देशन दिनु भएको थियो।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया