लागूऔषधको दलदलमा एलन मस्क
काठमाण्डौ । अमेरिकी धनाढ्य एलन मस्कले स्पेसएक्स इभेन्टमा लागूपदार्थ सेवन गरेको समाचार बाहिरिएको छ ।
द वाल स्ट्रिट जर्नलले एलन मस्कले स्पेसएक्स इभेन्टमा कोकिन र एलएसडी सेवन गरेको र आफ्नो भाषणमा अभद्र भाषा प्रयोग गरेको रिपोर्ट सार्वजनिक गरेको छ । गत वर्ष मस्कले डिप्रेशनको उपचारका लागि केटामाइन जस्ता साइकेडेलिक लागूऔषध प्रयोग गर्ने गरेको समाचार बाहिरिएको थियो ।
रिपोर्टका अनुसार पछिल्ला केहि वर्षदेखि टेस्ला र स्पेसएक्सका कयौँ सञ्चालक समितिका सदस्यले मस्कको लागूऔषध सेवन गर्ने बानीले उनको स्वास्थ्य र व्यवसायिक साम्राज्यमा असर पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।
मस्क्लाई नजिकबाट चिन्नेहरुले विश्वभरका निजी पार्टीहरुमा उनले एलएसडी,कोकीन,एक्सटेसी र साइकेडेलिक मसरुम प्रयोग गर्ने गरेका दाबी गरेका छन् । मस्कले स्वयम पनि आफुसँग साइकेडेलिक,केटामाइन जस्ता लागूऔषध सेवन गर्ने प्रिस्क्रिप्सन भएको र पहिले पनि सार्वजनिक रुपमा गाँजा सेवन गरेको बताउने गरेका छन् ।
यसका साथै मस्क र उनका भाई किम्बल मस्क मायामीमा सन् २०२१ मा एउटा आर्ट बेसल हाउस पार्टीमा केटामाइन प्रयोग गरिरहेको अवस्थामा भेटिएका थिए ।यति मात्रै नभई टेस्लाका पूर्व सञ्चालक सदस्य र वर्तमान स्पेसएक्सका सञ्चालक स्टीव जुर्वेटसनसँग मस्क गैरकानूनी लागूऔषध सेवनमा सहभागी थिए ।
रिपोर्टका अनुसार टेस्लाकी पूर्व निर्देशक लिन्डा जोनसन राइस मस्कको व्यवहार र उनको लागूऔषध गर्ने बानीबाट यति आक्रोशित भएकि थिइन् कि उनले सन् २०१९ मा कम्पनीको सञ्चालक समितिका लागि पुनःमतदानको माग गरेकी थिइन् ।
तथापी मस्कका वकील एलेक्स स्पिरोले मस्कको दैनिक लागूऔषध परिक्षण गर्ने गरिएको र उनी कहिल्यै पनि उक्त परिक्षणहरुमा फेल नभएको बताएका थिए । रिपोर्टका अनुसार स्पेसएक्सका केहि अधिकारीहरुले सन् २०१७ मा कम्पनीको एउटा समारोहमा मस्कमा केहि बदलाव देखेका थिए । सयौँ कर्मचारी क्यालिफोर्नियामा रकेट कम्पनीको हेडक्वाटरमा मिशन कन्ट्रोलको आसपासमा जम्मा भएका थिए । उनीहरु मस्को प्रतिक्षामा थिए । मस्क एक घण्टा ढिलोगरी उपस्थित भए ।
समारोहमा सहभागी अधिकारीहरुका अनुसार मस्क स्टेजमा भएका बेला होसमा थिएनन् । उनले एपेसएक्सको बिग फाल्कन रकेट प्रोटोटाइपलाई ‘बिग एफ रकेट प्रोटोटाइप’ भन्दै लगभग १५ मिनेटसम्म गाली गलौज गरेका थिए । तर स्पिरोले यो घटनालाई झुठो बताएका थिए ।
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार
ब्लुबुक नवीकरण गर्ने प्रक्रिया सबैले सेयर गर्नु होला
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सुरु
वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर
स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसंघीय आवासीय सहसंयोजकबिच भेटघाट
प्रतिक्रिया