नव निर्मित राममन्दिर पाँच मण्डपसहित १६१ फिट अग्लो हुने
अयोध्यामा निर्माणाधीन राम मन्दिरको स्वरूप परम्परागत नगरा शैलीमा रहेको र मन्दिरकोे लम्बाइ ३८० फिट, चौडाइ २५० फिट र उचाइ १६१ फिट रहेको श्री राम जन्मभूमि तीर्थ क्षेत्र कोषले जनाएको छ ।
मन्दिरहरूमा शिखर शैलीका अग्लो पिरामिड आकारका टावरहरू रहनेछन् भने शिखरमा कलशसहित मन्दिरका स्तम्भ तथा पर्खालहरू मूर्तिकलाले सजिएका छन् ।
तीन तले मन्दिरमा तीन सय ९२ स्तम्भ तथा ४४ ढोका बनाइएको छ । मन्दिरको सबैभन्दा विशेष स्थान भगवान् श्रीरामको प्रतिमूर्ति राखिने गर्भगृहमा उहाँको बाल्यकालको स्वरूप र पहिलो तल्लामा श्रीराम दरबार रहनेछ ।
मन्दिरमा नृत्यमण्डप, रङ्गमण्डप, सभा मण्डप, प्रार्थना र कीर्तन मण्डप गरी पाँच मण्डप बनायएको छ ।
मन्दिरका स्तम्भ तथा पर्खाल देवी देवताहरूको मूर्ति सजिएका छन् । सिंहद्वार हुँदै ३२ वटा सिँढी चढेर पूर्वबाट मन्दिर प्रवेश गर्न सकिन्छ । असहजताको सुविधाका लागि लिफ्ट लगायतकोे व्यवस्था गरिएको छ ।
सात सय ३२ मिटर लम्बाइ तथा १४ फिट चौडाइ भएको आयताकार पर्खालले मन्दिरलाई घेरेको छ । मन्दिर परिसरको चार कुनामा सूर्यदेव, देवी भगवती, गणेश मन्दिर बनाइएको छ । उत्तरमा माँता अन्नपूर्णको मन्दिर र दक्षिणमा हनुमानजीको मन्दिर रहनेछ ।
पोखरा लेकसाइडका २ क्यासिनोमा प्रहरीको ‘सर्च अपरेसन’
इरान र इजरायललाई ट्रम्पले भने- शान्ति वार्तालाई मूर्खताले बाधा पुर्याउनसक्छ
युद्धपीडित गाजामा शौचालयको अभाव, पालभित्रै शौच गर्न बाध्य परिवार
ब्लुबुक नवीकरण गर्ने प्रक्रिया सबैले सेयर गर्नु होला
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले सुरु
वीरगञ्ज महानगरका प्रमुख सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर
स्वास्थ्यमन्त्री मेहता र संयुक्त राष्ट्रसंघीय आवासीय सहसंयोजकबिच भेटघाट
प्रतिक्रिया