इजरायली नौसेनाद्वारा गाजामा गोलाबारी
इजरायली नौसेनाले गाजा पट्टीमा हमासका आतङ्ककारी टोलीहरूलाई आक्रमण गरेको दाबी गरेको छ ।
इजरायली रक्षा बलले सोमबार बिहान बताए अनुसार आइडीएफले नौसेनाले हमासका कार्यकर्ताहरू लुकेका थुप्रै भवनहरूमा आक्रमण गरेको छ। साथै नौसेनाले हमासको टोलीले इजरायली सैनिकहरूमाथि मोर्टार र गोली हानेका स्थानहरूमा पनि आक्रमण गरेको दाबी गरेको छ ।
यसैबीच, वायुसेनाले खान युनिस क्षेत्रमा गरेको हवाई हमलामा हमासका एक जना कमाण्डर मारिएका छन् । छुट्टै हवाई हमलामा रकेट बोकेका अन्य थुप्रै आतङ्ककारी मारिएको बताइएको छ ।
गत अक्टोबर ७ मा गाजा सीमा नजिक इजरायली समुदाय लक्ष्यित हमासको आक्रमणमा कम्तिमा १ हजार २०० जनाको मृत्यु भएको थियो। गाजामा हमासले बन्दी बनाएका पुरुष, महिला, बालबालिका, सैनिक र विदेशीहरूको सङ्ख्या अहिले १२९ रहेको विश्वास गरिएको छ ।
खनाल र जयशंकारबिच भेटवार्ताः कनेक्टिभिटी, ऊर्जा र आर्थिक रूपान्तरणमा प्रतिबद्धता
दिल्लीको रेस्टुरेन्टमा भीषण आगलागी, अहिलेसम्म २१ जनाको मृत्यु
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
अमेरिका–चीनबीचको रणनीतिक स्थिरता क्षेत्रीय र विश्व शान्तिका लागि महत्वपूर्णः अम…
इरानसँगको सम्झौताबारे ट्रम्पको छलफल निष्कर्षविहिन
बाल यौन दुर्व्यवहारको आरोपमा श्रीलङ्काका बौद्ध भिक्षु निलम्बित
अमेरिकी आक्रमणबीच इरान सम्झौता वार्ता पेचिलो
प्रतिक्रिया