गण्डकी प्रदेश सरकारद्वारा पूर्वाधार निर्माणलाई तीव्रता

गण्डकी प्रदेश सरकारले सडक, पुललगायत पूर्वाधार निर्माणलाई तीव्रता दिइएको छ । पछिल्लो समय नयाँ तथा पुराना सबै  पूर्वाधार आयोजनाको कामले गति लिन थालेको पूर्वाधार विकास कार्यालय बागलुङले जनाएको छ ।

    यसअघि ठेक्का सम्झौता भइसकेका र नयाँ आयोजना कार्यान्वयनमा गएको कार्यालय प्रमुख दिनेशकुमार घिमिरेले बताउनुभयो । कार्यालयले समस्याग्रस्त भनेर औँल्याएका आयोजनाका निर्माण कम्पनीलाई काममा फर्काइएको उहाँले उल्लेख गर्नुभयो ।

    उहाँले पुराना बहुवर्षीय छ सडक आयोजनाको काम अगाडि बढेको जानकारीदिनुभयो । रु ३० लाखदेखि रु दुई करोडसम्मका आधा बढी आयोजनाको ठेक्का सम्झौता भइसकेको उहाँको भनाइ छ । चालु आवमा उक्त कार्यालयमा रु ८८ करोड बजेट छ । 

    कार्यालयमार्फत नयाँ र पुराना गरी कूल एक सय ६५ आयोजना कार्यान्वयन हुने जनाइएको छ । कार्यालय प्रमुख घिमिरेका अनुसार चालु आवमै कार्यान्वयन गर्नुपर्ने दुईवटा सडक र दुईवटा सडक पुल विस्तृत आयोजना प्रतिवेदन बन्ने चरणमा छन् । 

    बहुवर्षीय सडक र पुल निर्माण पछिल्लो दुई वर्षयता सुस्ताएको थियो । काम रोकेका आयोजनाका निर्माण कम्पनीलाई ताकेता गरी काममा फर्काइएको कार्यालय प्रमुख घिमिरेले बताउनुभयो । धरौटी जफत, ठेक्का सम्झौता रद्ध, कालोसूचीमा राख्ने तयारी गरिएपछि निर्माण कम्पनीमा काममा खटिएका हुन् । 

    कार्यालयले समस्याग्रस्त आयोजनाको सूचीमा छ सडक आयोजनालाई राखेको थियो । दुईवटा सडक र दुईवटा सडक पुलको बहुवर्षीय ठेक्का लगाउन भौतिक मन्त्रालयको सिफारिसमा आर्थिक मामिला मन्त्रालयले बजेट स्वीकृत गरेको जनाइएको छ । 

    पुराना बहुवर्षीय योजनाहरुलाई यस वर्ष सम्पन्न गराउन थप रु २१ करोड बजेट माग गरिएको कार्यालयले जनाएको छ । मन्त्रालयले रकमान्तरण गरेर भए पनि निर्माण सम्पन्न भएका आयोजनाको भुक्तानीको व्यवस्था मिलाउने तयारी गरेको जनाएको छ । 

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

बिहारको मुजफ्फरपुरमा अस्पतालको आईसीयूमा आगलागी, ४ जनाको मृत्यु

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दुर्भाग्यपूर्ण’ : नीलाम्बर आचार्य

रवि लामिछानेको भारत भ्रमणलाई सकारात्मक मूल्याङ्कन, बालेनको सीमा अभिव्यक्ति ‘दु…

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

मोदी–रवि भेटमा नयाँ संकेत: नेपालका प्राथमिकता र जनचाहनाको सूची मागे भारतले

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

प्रधानन्यायाधीशको बिदाइमा बारको 'ब्रेक' तोडियो, बाह्र जनापछि राउत भाग्यमानी

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थगित

तुलसी अधिकारीको पक्षमा ४० वकिल अदालतमा उत्रिए, बहस नसकिँदा थुनछेक आदेश स्थग…

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास

प्रधानन्यायाधीश शर्माले विधि मिचेर आफू अनुकूलको बनाए संवैधानिक इजलास