विधायक बनेका सांसदको राजीनामा पछाडि भाजपाको नियत के छ ?
मध्य प्रदेश, छत्तीसगढ र राजस्थानमा नयाँ सरकार गठनलाई लिएर जारी विवादका बीच यी विधानसभा चुनावमा लडेका भाजपाका १० सांसदले संसद सदस्यताबाट राजीनामा दिएका छन् ।
हालै सम्पन्न पाँच राज्यमा भएको विधानसभा चुनावमा पार्टीले २१ जना सांसदलाई उम्मेदवार बनाएको थियो । जसमध्ये १२ उम्मेदवार विजयी भएका छन् भने ९ जनाले हारेका छन् ।
यि सांसदहरुले चाहेमा विधायिका छाडेर संसद सदस्य रहन सक्थे किनकी विधायिका छोडेपनि तीनवटै राज्यमा भाजपाको बहुमत कायम रहनेछ ।यी राजीनामाको समय महत्वपूर्ण बन्दै गएको छ किनभने आइतबारको चुनावी नतिजापछि शीर्ष नेतृत्वले मध्यप्रदेश, छत्तीसगढ र राजस्थानमा मुख्यमन्त्री पदका लागि नाम मन्थन गरिरहेको छ ।
मुख्यमन्त्री पदका लागि मध्य प्रदेशमा शिवराज सिंह चौहान, राजस्थानमा वसुन्धरा राजे र छत्तीसगढमा रमन सिंहको नाम प्रतिस्पर्धामा छ । तर भाजपाले नयाँ अनुहारलाई पनि मुख्यमन्त्री बनाउन सक्ने बताइएको छ ।
किन लिइयो सांसदहरुको राजिनामा ?
मध्य प्रदेशमा, फग्गन सिंह कुलस्ते, राकेश सिंह, उदय प्रताप सिंह, रीती पाठक, प्रह्लाद सिंह पटेल, गणेश सिंह र नरेन्द्र सिंह तोमर 7 सांसदहरूले चुनाव लडे। जसमध्ये गणेश र कुलस्ते चुनाव हारे ।
राजस्थानबाट भाजपाको तर्फबाट सात सांसदले चुनाव लडेका थिए। जसमा बाबा बालकनाथ, किरोडिलाल मीना, दिया कुमारी, राज्यवर्धन सिंह राठौर, भगीरथ चौधरी, नरेन्द्र खिचड र देवजी पटेल थिए। यी सातमध्ये चारले मात्र चुनाव जित्न सकेका छन् । चुनाव जित्नेमा राज्यवर्धन, बालकनाथ, दिया कुमारी र किरोडीलालको नाम रहेको छ ।
उही समयमा, छत्तीसगढमा, भाजपाका चार सांसदहरूले चुनाव लडे र विजयी तीनले राजीनामा दिए।
जसमा गोमती साई, रेणुका सिंह, अरुण साओ रहेका छन् । हार्नेमा दुर्गका सांसद विजय बघेल रहेका छन्, जो भूपेश बघेलका भतिजा हुन् र उनी पाटन विधानसभा सिटबाट पराजित भएका छन् ।
शिक्षकको अन्तर पालिका सरुवामा कडाइ, तीन बुँदे निर्देशन जारी
कार्यान्वयनमा रावल आयोग प्रतिवेदन, अतिक्रमित जग्गा हक हस्तान्तरण रोक्का गर्न पत्रा…
मौरीपालक किसानलाई परागकण वितरण
पोखरामा टिपरको ठक्करबाट बन्दीपुरका विष्णुबहादुर खत्रीको मृत्यु
लेबनान, सिरिया र गाजा पट्टी कब्जा कायम राख्ने इजरायलको घोषणा
संसद् भवन निर्माणमा ढिलाइ : दैनिक एक करोड जरिवाना तिराउने सभामुखको चेतावनी
मधेश सरकारले कृषि मन्त्रालयलाई छुट्यायो ३ अर्ब ७० करोड बजे
प्रतिक्रिया